‘माओवादीसामु गम्भीर पराजयको खतरा’

‘माओवादीसामु गम्भीर पराजयको खतरा’


काठमाडौं । दक्षिण एसियाका माओवादी पार्टी र संगठनहरुको संयोजन कमिटी ९कोम्पोसा० ले भारतीय विस्तारवादी र साम्राज्यवादीहरुले खुला रुपमा हस्तक्षेप गरेका कारण नेपालमा माओवादी आन्दोलन ‘नराम्रो पराजय’ को गम्भीर खतरामा रहेको ठहर गरेको छ । कोम्पोसाको पाँचौँ सम्मेलनले नेपालको आन्दोलन दिशाहीन मोडमा पुगेको उल्लेख गर्दै ठूलो विजयको सम्भावना कायमै रहे पनि नराम्रो पराजयको गम्भीर खतरा विद्यमान रहेको बताएको हो । ‘साम्राज्यवादी र भारतीय विस्तारवादीहरुले क्रान्तिलाई तुहाउन नेपालमा खुलारुपमा हस्तक्षेप गरिरहेका छन् र यसका लागि शासक वर्गलाई सीधै उक्साइरहेको छन्’ सम्मेलनपछि स्थायी समितिका तर्फबाट दिलबहादुरले जारी गरेको वक्तव्यमा भनिएको छ ।
सम्मेलनले सम्भव भएको ठाउँमा सत्ता कब्जा गर्न, युद्ध भइरहेका ठाउँमा उच्च तहमा पुर्‍याउन र पार्टीहरु रहेको ठाउँमा युद्ध शुरु गर्न निर्देशन दिएको छ । वक्तव्यमा दक्षिण एसियामा रहेको भारतीय विस्तारवादी आधिपत्य र साम्राज्यवादी शक्तिसँग संघर्ष गर्न एकतावद्ध हुने घोषित उद्देश्यले कोम्पोसाको गठन गरिएको स्मरण गराइएको छ ।
दक्षिण एसियामा माओवादी युद्धलाई चर्काउने उद्देश्यले २०५८ जेठमा दक्षिण एसियाका माओवादी पार्टी र संगठन मिलाएर कम्पोसा गठन भएको थियो । यसका लागि नेपालका माओवादीहरुले विशेष पहल गरेका थिए । तर शान्ति प्रकृयामा आइसकेपछि माओवादीले कम्पोसामा सक्रिय सहभागिता जनाएको छैन् । सम्मेलनमा सहभागी प्रतिनिधिहरुले विश्व आर्थिक मन्दी, यसले साम्राज्यवादी प्रभुत्व कायम रहेको देशमा निम्त्याएको आन्दोलनको लहर, अरब देशहरुमा जारी आन्दोलन, भारतीय माओवादीहरुले सरकारको प्रतिक्रान्तिको प्रतिकार, दक्षिण एसियाको ताजा घटनाक्रमलगायतका विषयमा छलफल गरेका थिए ।
केही कठिनाइका बाबजुत साम्राज्यवादी देशलगायत विश्वभर नै आन्दोलनका लागि परिस्थिति सहज बन्दै गएको सम्मेलनको ठहर छ । विश्वका मानिसहरुमा माक्र्सवाद र समाजवादप्रति बढ्दो लोकप्रियता सकारात्मक संकेत भएको सम्मेलनले जनाएको छ । भारतीय सरकारले आन्दोलनरत माओवादीको जारी नयाँ प्रजातान्त्रिक आन्दोलन दवाउन थालेको ँअपरेसन ग्रीन हन्ट’ सैनिक कारबाहिविरुद्व केही सफलता मिलेको भए तापनि चुनौतीहरु अझै रहेको निष्कर्ष निकालिएको छ ।
यसैबीच, सम्मेलनले बंगलादेश र भुटानमा जारी माओवादी आन्दोलन अझै उच्च तहमा पुर्‍याउनु पर्ने आवश्यकता रहेको औल्याएको छ । श्रीलङ्कामा माओवादी पार्टीको पुर्नगठन गर्ने प्रक्रिया एजेन्डामा सीमित रहेको र अफगानिस्तानमा अमेरिकी हस्तक्षेपको बाबजुत आन्दोलन गर्ने तयारी भएको बिज्ञप्तिमा उल्लेख छ । जारी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन एवं नयाँ प्रजातान्त्रिक आन्दोलनको थालनीका लागि दक्षिण एसियालाई सर्वाहरावर्गको आन्दोलनको प्रमुख आधारकेन्द्र बनाउन सबै माओवादीहरु एक हुनुपर्नेमा सम्मेलनले जोड दिएको छ ।-अनलाइन