धुर्मुसले समेत बाँकी राखेनन्

धुर्मुसले समेत बाँकी राखेनन्


प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र मानिन्छन् सीताराम कट्टेल धुर्मुस । ओलीप्रति बढी नै अनुग्रहित धुर्मुसले समेत प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य प्रहार गरेपछि ओलीका विषयमा आलोचना गर्नेहरूलाई बल पुगेको छ । नेपाली जनता ग्यास र पेट्रोल नपाएर विकराल समस्या भोगिरहेको बेला प्रधानमन्त्री ओलीले घरघरमा ग्यासको पाइप फिट गरिदिन्छु भनेर मजाकको पात्र बनिरहेको बेला उनकै नजिकियाहरूसमेत उनको फन्टुस शैलीलाई व्यङ्ग्य गर्न बाध्य भएका छन् ।
sitaram-kattel
धुर्मुसबाहेक अरू कसैले यसरी व्यङ्ग्य गरेको भए ओलीले भन्ने थिए होलान्, ‘शत्रुले मेरा कुरा काटेछन् ।’ तर, धुर्मुस उनकै कोटरीमा बसेर पनि उनको कुरा काट्न विवश भएका छन् । आफ्नै शिष्यलाई अप्ठ्यारो पार्ने काम नगरेको भए प्रधानमन्त्री ओलीले जश पो पाउने थिए कि ! अरू जेसुकै होस् । कम्तीमा ओलीमाथि व्यङ्ग्य गरेरै भए पनि धुर्मुसले आफ्नो कलाकारिताको धर्म भने निर्वाह गरे । के थाहा, धुर्मुसकै कारण ओलीले सुध्रेको सङ्केत पो देखाउँछन् कि ?