नेपालीलाई वीरताको दोस्रो ठूलो पदक

नेपालीलाई वीरताको दोस्रो ठूलो पदक


लण्डन । एक गुर्खा जसले तालिबानी आतंककारीविरुद्ध ४०० गोली र १७ ग्रेनेड्सको प्रहार एक्लैले गरेर तीसजनालाईका आतंककारी प्रयासलाई विफल तुल्याउन सफल भएका एक्टिँग सार्जेन्ट दीप प्रसाद पुन (३१) लाई लडाइमा वीरताको लागि दिइने सबैभन्दा ठूलोमध्ये दास्रो ठूलो सम्मान पाएका छन् । पुनले अफगानिस्थानमा एक्लै आफ्नो चौकीमा राति पहरा दिइरहेको अवस्थामा दुर्इजना तालिबानी लडाकाहरु आएर बम प्लान्ट गर्न थालेको अवस्थामा चाल पाएका थिए । गाइबस्तु तथा जनावरहरु होलान् भन्ने ठानेका पुनलाई जब ती लडाकाहरुबाट हमला गरिन शुरु गरियो, तब उनले आफ्नो साथमा भएको मेशिन गन, राइफल र ग्रेनेडबाट प्रतिकारस्वरुप हमला गर्न शुरु गरेका थिए । जब सबै गोली बारुदहरु सकियो तब तिनले बालुवाको बोराले शत्रूलाई हमला गर्दै एक्लै नै दुस्मनमाथि जाइ लागेका थिए ।
रोयाल गुर्खा राइफलका जवान तेस्रो पुस्ताका दीपप्रसाद पुनले फेरि एकपटक गुर्खाको शान राखेको सर्वत्र मानिएको छ । तीन जनालाई मार्न सफल भएका पुनले आफू मर्नुभन्दाअघि केहीलाई मार्ने प्रण गर्दै आक्रामक बनेको मिडियाहरुलाई बताएका थिए । Conspicuous Gallantry Cross प्राप्त गर्ने पुनलगायत अन्यले अन्य विभिन्न १३६ पुरस्कार तथा सम्मानहरु बितरण गरिएको छ ।
-केदार मेस, Source: ITV