बल्बमा भयो नयाँ आविष्कार

बल्बमा भयो नयाँ आविष्कार


Bulb
विद्युतीय ऊर्जाको अभाव आज विश्वभर नै चिन्ताको विषय बन्दै आएको छ । कसरी कम खपत गरेर ऊर्जा बचत गर्ने भन्ने चिन्तनमा विकसित मुलुकसमेत लागेका पाइन्छन् । यस्तै परिवेशमा अमेरिकी शोधकर्ताहरूले यस्तो प्रविधिको विकास गरेका छन् जसले हाल प्रचलनमा रहेका सामान्य बल्बले भन्दा तीन गुणा बढ्ता उज्यालो प्रदान गर्छ । पुरानो या पारम्परिक बल्बले ऊर्जाको केवल दुई प्रतिशत हिस्सालाई मात्र प्रकाशमा रूपान्तरण गर्छ, बाँकी ऊर्जा त्यसै खेर जान्छ, तर अमेरिकी प्रविधि संस्था एमआईटीका वैज्ञानिकले यसरी खेर गइरहेको ऊर्जालाई रिसाइकिल गर्ने नवीन तरिका पत्ता लगाएका छन् । नेचर नैनोटेक्नोलोजी नामक शोधपत्रिकामा प्रकाशित विवरणअनुसार वैज्ञानिकहरूले यस्तो बल्बको नमुना तयार पारिसकेका छन् । तर, यसरी विकसित बल्बको मूल्य पारम्परिक बल्बको भन्दा कम निर्धारण गर्न नसकिए अपेक्षित लाभ हासिल गर्न नसकिने विश्लेषकहरूले औँल्याएका छन् ।