नोट च्यातेपछि फर्कियो माया

नोट च्यातेपछि फर्कियो माया


note
बुढेसकालमा छोरा–बुहारीले आफूलाई उचित हेरचाह नगरेकोमा असन्तुष्ट एक चिनियाँ वृद्धले आफूसँग भएको सम्पूर्ण नगद सम्पत्ति (१.४० युआन अर्थात् करिब २० लाख रुपैयाँ) च्यातेर टुक्रा–टुक्रा पारेर चर्चामा आएका छन् । सिचुआन प्रान्तका ८५ वर्षीय चेन नामक ती वृद्धले आफ्ना छोरा–बुहारीबाट निकै आस गरेका रहेछन्, तर उनीप्रति छोराबुहारीको व्यवहार दिनानुदिन नराम्रो हुँदै गएको उनले अनुभूति गरे । अन्तत: उनीहरूलाई सबक सिकाउने ध्येयले चक्कु लिएर बूढाले नोट टुक्र्याउन थालेछन् । सुरुमा छोराबुहारीलाई यसबारे पत्तै भएन, जब थाहा पाए त्यतिबेलासम्ममा पूरै नोट धुजा–धुजा भइसकेको थियो । उनीहरू उक्त च्यातिएका नोटको पोको बोकेर बैंक पुगे । बैंकले च्यातिएका सबै टुक्रालाई यथारूपमा मिलाएर ल्याए रकम फिर्ता गरिदिने आश्वासन दियो । उनीहरूले हरेस खाएनन् । पूरै तीन महिना दिनरात लगाएर च्यातिएका ती नोटलाई जोड्न उनीहरू सफल भए र अन्तत: बैंकले उक्त फाटेको नोटबराबर नगद फिर्ता गरिदियो । यहाँ रोचक कुरा त के रह्यो भने त्यसरी नोट फिर्ता पाएपछि आफ्ना वृद्ध अभिभावकप्रतिको छोराबुहारीको सोच पनि पूरै बदलियो र उनीहरूले सम्मानित व्यवहार गर्न थाले ।