युवतीको गुप्ताङ्गमा अवैध पेस्तोल

युवतीको गुप्ताङ्गमा अवैध पेस्तोल


Ramailo pic 2
अमेरिकी प्रहरीलाई हालै एक यस्ती युवती पक्रिने सफलता मिलेको छ, जो मदिराले लट्ठ भई ड्राइभिङ मात्र नगरी हरदम साथमा एक पेस्तोल बोकी हिँड्ने गर्दथिन् । वास्तवमा मदिरा पिएर ड्राइभ गर्ने गरेको अभियोगमा मात्र प्रहरीले डलास आर्कर नामक यी युवतीलाई टेनेसी प्रान्तको किंग्सपोर्ट सहरबाट नियन्त्रणमा लिएको थियो । तर शरीर खानतलासीको क्रममा उनको गुप्ताङ्गबाट .२२ क्यालिवरको एक सानो पेस्तोल खुत्रुक्क भुइँमा खस्न पुग्यो । एकपटकमा एउटा व्यक्तिको ज्यान लिन काफी उक्त पेस्तोलबारे कडासँग सोधपुछ गर्दा डलासले आफ्नो गुप्ताङ्गमा सधैँ पेस्तोल राखेर हिँड्ने गरेको र उक्त पेस्तोल केही वर्षअघि एक सत्तरीवर्षे वृद्धबाट लुटेको खुलासासमेत उनले गरिन् । मदिरा सेवन गरी गाडी चलाएको अपराधमा अनुसन्धानको दायरामा परेकी डलासलाई प्रहरीले बिनालाइसेन्स सवारी चलाएको, चोरी गरेको र अवैध हतियार राखेको आरोपसमेत थपेर तीन वर्ष जेल हाल्ने भएको छ ।