बेलायतको जूमा संसारकै ठूलो जिराफ

बेलायतको जूमा संसारकै ठूलो जिराफ


zulu girraff
वाइल्ड लाइफबारे सुन्ने–जान्ने सोख राख्ने व्यक्तिका निम्ति यो रोचक खबर हुन सक्छ कि बेलायतको पेम्ब्रोकसेरस्थित फोली फार्म जूमा एउटा यस्तो जिराफ छ जो अन्य सामान्य जिराफभन्दा चार गुणा लम्बाइको छ । जुलु नाम दिइएको उक्त जिराफ २० फिट अग्लो रहेको बताइन्छ । पाँच वर्षअघि नेदरल्यान्डबाट बेलायत पुर्‍याइएको १८ वर्ष उमेरको उक्त जिराफ संसारकै सबभन्दा लामो जिराफ भएको दाबी गरिए पनि आधिकारिक तवरले प्रमाणित भने भइसकेको छैन । तथापि, जङ्गली जनावरको क्षेत्रमा काम गर्ने विश्वकै धुरन्धरहरूले पनि आजसम्म अन्यत्र कहीँकतै यस आकारको जिराफ नदेखेको अभिव्यक्ति दिएर जुलुको सर्वोच्चतामाथि लालमोहर लगाइदिएका छन् । उक्त जू अवलोकनमा पुग्ने जो–कोहीको ध्यान पनि उक्त जिराफले खिच्ने गरेको छ भने मानिसले प्रदान गर्ने स्नेहप्रति जुलु पनि नतमस्तक रहने गरेको सम्बन्धित जूका कर्मचारी बताउँछन् । सामान्य आकारप्रकारभन्दा निकै ठूलो भएर पनि जुलुले संयमित व्यवहार प्रदर्शनका साथै अवलोकनकर्तासँग मित्रवत् व्यवहार गर्ने गरेबाट यसले धेरैको मन जितेको छ । दिनमा १८ किलो घाँस र थप तीन–चार किलो रेगुलर डाइट खुवाएर जुलुको विशेष हेरचाह गर्ने गरिएको जूका अधिकारीको कथन छ ।