४१ वर्षीय पुरुषका आठ सय सन्तान !

४१ वर्षीय पुरुषका आठ सय सन्तान !


father of 800
जम्मा ४१ वर्षका कुनै पुरुषले आफूले आठ सय सन्तानलाई जन्म दिइसकेको दाबी गर्छ भने यसलाई स्वाभाविक रूपमा लिन पक्कै सकिन्न । तर, विर्यदानलाई आफ्नो व्यवसाय बनाउँदै आएका साइमन वाटसनको यो दाबी सतप्रतिशत नै साँचो छ । स्पेनदेखि ताइवानसम्मका कैयन् देशमा आफ्ना बच्चा फैलिएको र लगभग आठ सयको हाराहारीमा आफ्नो विर्यबाट बालबालिकाको जन्म भइसकेको उनको दाबी छ । साइमन विर्यदानबाट बच्चा जन्माउने कार्यमा विश्वरेकर्ड बनाउन मात्र चाहँदैनन्, बरु यो रेकर्ड कसैले कहिल्यै तोड्न नसकोस् भन्ने ध्येयका साथ विर्यदान गर्दै आएका छन् । उनका अनुसार प्रत्येक साता कहीँ न कहीँ उनको विर्यबाट बच्चा जन्मिरहेको हुन्छ । आफूलाई अनलाइनबाट पनि सम्पर्क गर्न सकिने र कुनै होटलमा एकछिन भेटघाट गरेपछि आवश्यक व्यक्तिले विर्यदान पाउन सक्ने पनि उनले बताएका छन् ।