के साँच्चै देलिन् त ज्योतिले एकचोटि ?

के साँच्चै देलिन् त ज्योतिले एकचोटि ?


3-jy1लन्डन, नेपाली चलचित्रहरुमा गरिने अङ्ग प्रदर्शनको बारेमा निकै पहिलादेखि नै चर्चा परिचर्चाहरु नचलेका भने होइनन् । तर हिजोआज म्युजिक भीडीयोहरुका दृश्यहरु पनि चलचित्रका भन्दा कम छैनन् । वर्तमान नेपाली सांगीतिक धरातलमा निकै उर्जावान भूमिकामा गायिका ज्योति मगरलाई पाउन सकिन्छ । त्यसो त ज्योति मगर एउटा त्यस्तो नाम हो जसको पछि फ्यान र ज्यानको कुनै कमि छैनन् । सामाजिक संजालदेखि स्टेज प्रोग्रामहरुसम्म उनलाई वाह वाह गर्नेको ओइरो नै लाग्ने गर्दछ । यस्ताे हुनुमा मुख्यतया दुईवटा कुराहरु छन्, एउटा उनले विगतमा दिएका दृश्यहरु र अर्को उनले लागाउने पहिरनहरु, यिनै दुइवटा कारणहरुले नै ज्योति मगरको फ्यानहरुको ओइरो लाग्ने गरेको पाइन्छ ।
1619478_715242888575560_8012892264492010102_nकेही समयअघि मात्र तिजको गीतमार्फत ब्यापक चर्चामा आएकी ज्योति तेत्तिकै विवादित पनि बनिन् । तर ज्योतिको स्वभाव यस्तो छ कि उनको जति जति विवाद र बिरोध हुन्छ त्यत्ति नै उनलाई हौसला बढ्छ । उनका प्रस्तुतिहरुमा “हट र हिट” दुवैको बेजोड समीश्रण रहेको पाइन्छ । पछिल्लो समयमा ज्योतिको आफ्नै जीवनमा आधारित एउटा गीत उनकै स्वरमा रेकर्ड भएकोछ “ओइ ज्योति ! ओइ ज्योति ! देउन एकचोटि” जसको म्युजिक भीडीयो पनि रेकर्ड भइसकेकोछ र त्यसको शुटिंग रिपोर्ट रक्ष्या म्युजिकले सार्वजनिक गरिसकेकोछ । शुटिंगमा अत्याधुनिक प्रविधीको प्रयोग गरिएकोछ । ज्योति मगर र रोशन सिंहको स्वर रहेको उक्त गीतमा कोरियोग्राफ स्मृति तिमिल्सिनाले गरेकी छन् । ज्योतिसंगै अभिनय गर्नेहरुमा डान्स इन्डिया डान्समा टप टेनमा परेका नरेश वीर सिंह र लक्षिल रोक्का मगर रहेका छन् । उक्त गित सार्वजनिक हुने बित्तिकै ज्योति मगर पुन चर्चामा आउने अड्कलबाजी त छदैथियो तर त्यसकाे म्युजिक भीडीयो शुटिंग रिपोर्ट हेर्दा विवाद आउन सक्ने प्रशस्त सम्भावना देख्न सकिन्छ । किनकि नेपाली समाजमा अझै पनि यस्ता दृश्यहरु पचाउन त्यत्ति सहज छैन । हुन त त्यसबाट आनन्द लिनेहरुको पनि कमी नहोला, कतिपयले दोहोर्याई तेहेर्याई हेर्लान् पनि, भरपुर आनन्द पनि लिन्छन् होला ।
बरिष्ठ हास्य व्यंग्यकार शैलेन्द्र शिम्खडाले नायिकाहरुको पहिरनको बारेमा ब्यंग्य गर्दै भनेका छन् “घुटु घुटु थुक निल्दै नियालेर हेर्यो मुखमा थुक नै रित्तिन्छ, तलबाट हेर्दै गयो हेर्ने। ठाउँ आधि भाको हुदैन। गीत नै सिध्दिन्छ” । यस गीतमा पनि ज्योति मगरले दर्शकहरुलाई त्यसैगरी तड्पायकि छन् भन्दा फरक नपर्ला । हुन त यस म्युजिक भीडीयो निर्माणमा सम्मिलित सबैजनाले एकदम राम्रो रहेको र त्यत्ति उश्रृंखल नभएको बताए पनि त्यसकाे सत्यतामा शंका लाग्ने प्रशस्त दृश्यहरु रहेकाछन् । आफ्नो मूल्यांकन भन्दा पनि समाज र दर्शकहरुको मूल्यांकन नै महत्वपूर्ण हुन्छ भन्ने कुरालाई पनि बुझ्न जरुरी हुन्छ । ज्योतिले भने भविष्यमा आइपर्ने विबादबाट पन्छिनको लागि पानि माथिको ओभानो बन्ने प्रयास गरिसकेकिछन् । मैले त गायको र खेलेको मात्र हो बिबादित भएको खण्डमा म जिम्मेवारी हुनेछैन्, भनेता पनि बिबादमा आउने भनेकै गित र उनले अभिनयका कारण हो भन्ने चाहिं उनलाई पत्तै भएनछ ।
1-jyotiओइ ज्योति, ओइ ज्योति देउ न एकचोटि, खास के माग्न खोजिएको हो त ज्योतिसँग एकचोटि ? हुन त ज्योतिले जवाफ पनि दिईसकेकिछन्। एकचोटि माया मागेको भनेर, तर उक्त जवाफमा ज्योतिले कति मार्क पाउलिन् त ? शायद पासमार्क पाउन गार्है होला । उक्त म्युजिक भीडीयोको यूट्युबमा राखेको २४ घण्टामै लगभग तीस हजारको हाराहारीमा हेरिसकिएकोछ भने त्यसमा प्रतिक्रिया दिनेहरुमा शत प्रतिशतले उश्रृंखलताको संज्ञा दिएकाछन् । हुन त प्रसङ्ग शुटिंग रिपोर्टको हो म्युजिक भीडीयो आउन बाँकी नै छ। जे होस् यिनै दृश्यहरुलाई नै समेटेर आउने हुँदा त्यसकाे पनि सहजै अनुमान गर्न सकिन्छ ।
नेपाली सांगीतिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाइसकेकी ज्योति मगरको बारेमा गीत बनाउनु एउटा राम्रो पक्ष्य हो तर उनको शारीरिक प्रदर्शन गरेर नेपाली समाजको परिवेशको विरुद्दमा गएर गरिने उनको प्रयोगले उनलाइ दीर्घकालीन रुपमा फाइदा भन्दा बेफाइदा नै बढी होला । दर्शक स्रोताहरुको मूल्यांकनअनुसार ज्योतिले पनि आफूलाई अगाडी बढाउँदै लागेको खण्डमा पक्कै पनि लाभदायक नै हुनेछ । ज्योति मगर भन्नेबित्तिकै छोटा पहिरन लगाएर उनले देखाउने हाउभाउ सबैको मानसपटलमा बसिसकेकोछ तर यो अवस्थाले सधैभरि साथ् दिईरहँदैन, त्यसपछि शरीरमा टन्न पहिरन लगाएर गरिने ज्योति मगरको प्रस्तुति सबैलाई खल्लो लाग्न सक्छ । तसर्थ बेलैदेखि समाजलाई स्वीकार्य हुने र आफूलाई सर्वमान्य मनाउने तर्फ लाग्दा पो भलो होला कि ?
[youtube]http://www.youtube.com/watch?v=QhW0fMPLw9s[/youtube]
-नरेन्द्र बस्नेत