बीएनसीसी र दूतावासबाट संयुक्त पहल

बीएनसीसी र दूतावासबाट संयुक्त पहल


लण्डन । दी ब्रिटेन च्याम्बर अफ कमर्श र बेलायतका लागि नेपाली दूतावासले नेपाल र बेलायतबीचमा व्यापार व्यवसायलाई उकास्नका लागि संयुक्त रुपमा कार्यगत एकता राख्ने भएका छन् । यी दुर्इ संस्थाको पहललाई पछ्याउँदै बेलायत सरकारले नेपाललाई दिँदै आएको आर्थिक सहयोगलाई सन् २०११-२०१५भित्र लगभग दोब्बर बनाउने बचन दिएको बीएनसीसी र दूतावासको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ । भर्खरै निर्माण भएको नयाँ सरकारले शान्ति सुरक्षालगायत लोड सेडिङ आदि अवरोधहरु जसले प्रत्यक्ष रुपमा व्यापार व्यवसायलाई असर गर्दछहरुउपर स्थायी समाधान गर्नेतर्फ गम्भीरता लाग्ने भएको छ ।
नेपालको तर्फबाट नेपाल बेलायत ट्रेड र इन्भेस्मेन्टको लागि निम्न पक्षहरुलाई हाइलाइट गरेको छ-
१) दुर्इ करोड साठी लाख जनसंख्याभित्र बढ्दो मध्यम वर्गको बजार र विस्तारित विविध रुपका निर्यातित वस्तुहरु
२) सडक तथा संचार माध्यमबाट ग्रामिण विकास
३) वैदेशिक सहयोग तथा अनुदानहरु
४) अमेरिकी डलर खरबौं डलरको वार्षिक रेमिट्यान्स
५) साफ्टा तथा इण्डियाभित्र सुविधायुक्त बजार प्राप्त
६) आर्थिक रुपले विशाल रहेका देशहरु भारत र चीनबीच अवस्थित अवस्था, र ती देशहरुबाट स्थायीत्वसहित आर्थिक, व्यापारिकलगायत सरल पारवहन प्राप्त
७) पर्यटन, होटल आदि व्यवसायमा विस्तारित अवसरहरु
८) अशल अनि सरल व्याङ्िकङ सेवासहित म्याक्रो-इकोनोमिक म्यानेज्मेन्ट

आगामी शरद ऋतुमा बीएनसीसीले गेट-वे एसियासँग मिलेर किन्सिङ्टनस्थित दूतावासमा एक ट्रेड मिसनको कार्यशालाको आयोजना गर्ने योजना बनाएको छ । यही मे ११मा नैपालमा ट्रेड तथा इन्भेस्टमेन्टसम्वन्धी एक जानकारी सभाको आयोजना गरिने भएको छ भने, १ जुनमा विस्तृत रुपमा व्यावसायिक अवसर तथा अवस्थाहरु, कानूनी आधारहरु, इन्डियासँगको फ्री क्रस बोर्डर व्यावारिक अवसरहरुसहित प्रादेशीय स्तरमा नेपाल तथा इण्डियन करेन्सीहरुका मूल्यहरुउपर गम्भीर कार्यशालाको आयोजना गरिने भएको छ ।
यस्तै प्रकारविशेषका विविध कार्यक्रमहरु लगातार भइरहने दूतावासले जनाएको छ । बीएनसीसीका सदस्यलगायतका अन्य जानकारीहरु साइट www.nepal-trade.org.uk मा पाउन सकिने छ ।-देब, मेस