बहुमतीय प्रणालीबाट सरकारले संविधान बनाउला ?

बहुमतीय प्रणालीबाट सरकारले संविधान बनाउला ?


ध सरोज जीसी
प्रजातन्त्रमा सरकार बन्ने त बहुमतीय आधारमै हो, लोकतन्त्रको मर्म नै बहुमतको कदर गर्नुमा छ । तर्सथ बहुमतको सरकारले संविधान बनाउनै सक्दैन भने दाबी गर्ने ठाउँ छैन । तर, यतिबेला हाम्रो मुलुकमा ‘सहमति’ शब्द फेसन बनेर देखापरेको छ । राजनीतिक दलहरू पनि सकभर सहमतिबाटै अघि बढ्न प्रयासरत देखिन्छन्, तर उनीहरूको यो प्रयास मुखमा रामराम बगलीमा छुरा भनेझैं प्रतीत हुन्छ । साँच्चै सहमतिबाटै अघि बढ्न खोजेका थिए भने यस्तो खिचातानी र कचिङ्गल अवश्यै हुने थिएन । सहमतिको सरकार बन्ने सम्भावना त अब पटक्कै रहेन, तर अब के संविधान नै नबनाउने त – सरकार आफ्नो ठाउँमा छ भने संविधानसभा आफ्नो ठाउँमा । अब पनि संविधान बनाउने कार्यमा तदारुकता देखाउँदैनन् भने यो मुलुकमा कहिल्यै संविधान बन्दैन भन्ने लाग्छ मलाई ।

ध सन्तोष थापा
नेपालका राजनीतिक दलहरूको चरित्र र व्यवहार देख्दा हामीजस्ता नागरिक दिक्क छौँ । यिनीहरूले आफ्ना गल्तीबाट कहिल्यै पाठ सिकेनन् या सिक्नै चाहेनन् । यसबाट फेरि पनि थपिएको म्याद त्यत्तिकै गुजार्ने आशङ्का बढाएको छ । सरकार निर्माणको सन्दर्भमा दलहरूले सहमतिको सवाललाई जसरी उपेक्षा गरे, यसले आगामी दिन पनि दलहरूबीच कटुतापूर्ण ढङ्गले गुज्रने निश्चितप्राय छ । र, संविधान फेरि पनि नबन्ने हो कि भन्ने अनुमान गर्न यो अवस्था नै काफी छ । मुख्य कुरा त सबभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीलाई साथ नलिएसम्म संविधान मात्र होइन यो मुलुकमा केही काम पनि हुन सक्दैन भन्ने सबैले बुझ्नु जरुरी छ । संविधान निर्माणको सवालमा पनि यही कुरा लागू हुन्छ । अबको सरकारले संविधान बनाउन सक्ने या नसक्ने कुरा माओवादी दललाई सहमति या विश्वासमा लिन सक्छ कि सक्दैन भन्ने कुरामा भर पर्छ ।

ध जनक खनाल
वीरबलको खिचडीजस्तै बनेको संविधान बन्ने कुरामा अहिले पनि आशङ्काको बादल मडारिएको छ । दलहरूले सहमति जुटाउन नसक्दा यसमा अन्योल थपिएको हो । प्रचण्ड र माधव नेपालको सरकार संविधान बनाउन असफल भइसकेको अवस्थामा अब बन्ने बहुमतीय सरकारले संविधान निर्माण गर्नैपर्छ । दलहरूले नौ महिनामै संविधान जारी गर्ने दाबीका साथ कार्यतालिका सार्वजनिक गरिसकेको परिवेशमा मलाई त संविधान बन्छ जस्तै लाग्छ । यतिबेला नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री बन्ने सम्भावना प्रबल छ । काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले सहमति जुटाएर संविधान बनाउलान् भन्नेमा म आशावादी छु ।
ध वासुदेव रिमाल
मुलुक घोर सङ्कटमा परेको वर्तमान परिस्थितिमा सहमतिको रट लगाउँदालगाउँदै दलहरू बहुमतीय प्रणालीमा गएका छन् । यसो हुनु भनेको नेपाली जनताको दर्ुभाग्य नै हो । यो परिवेशले थपिएको अवधिमा पनि संविधान नबन्ने हो कि भन्ने आशङ्का बढाएको छ । तर, संविधान बन्दैबन्दैन भन्नचाहिँ सकिन्न । समय छ, दलहरूले चाहेमा र जनताप्रतिको जिम्मेवारीबोध गरेर अघिबढेमा बाँकी अवधिभित्रै पनि संविधान बन्न सक्छ भन्ने मलाई लाग्छ । महत्वपूर्ण कुरा के हो भने दलहरूले आफ्नो स्वार्थ त्यागेर देश र जनतालाई हृदयमा राख्नुपर्‍यो ।

ध किशोर श्रेष्ठ
यदि हाम्रा राजनीतिक दल र नेताहरूको चरित्र र व्यवहार यस्तै कायम रहने हो भने अबको दस महिनामा त के अर्को दस वर्षमा पनि यो मुलुकले नयाँ संविधान पाउँदैन । सहमतिमा चल्नुपर्ने अवस्थामा पनि दलहरूले एकता र मेलमिलाप दर्शाउन नसकेर देश र जनताप्रति घात गरेका छन् । मेरो विचारमा त अब यो मुलुकको नेतृत्व नै युवा पुस्ताले लिनुपर्छ, जसले समय-परिस्थिति बुझेर मुलुकलाई हाँक्न सकोस् । यही सडेगलेको पुस्ताले शासनको वागडोर हातमा लिएसम्म कुनै पनि काम सही ढङ्गले हुन सक्दैन भन्ने मलाई लाग्छ ।

ध कमला श्रेष्ठ
राजनीतिक दलहरूको ताल हेर्दा अब पनि संविधान बन्लाजस्तो लाग्दैन । प्रधानमन्त्री बनाउनमा समेत सहमति जुटाउन नसक्ने दलहरू संविधानजस्तो महत्वपूर्ण कुरामा कसरी एकजुट होलान्, शङ्कै लाग्छ । लड्दै, झगडा गर्दैमा अहिलेसम्म फर्ुसद नपाएका दलहरूले भविष्यमा संविधान बनाउने कुरामा मलाई त्यति विश्वास छैन । कथंकदाचित दलहरूको चेत खुलेर संविधान बनाए भने त्यो सन्तोषकै विषय हुनेछ ।