करोडौँको आलु–तस्बिर !

करोडौँको आलु–तस्बिर !


potato
तरकारीको राजा भनेर चिनिने आलुको मूल्यबारे जो–कोही पनि जानिफकार नै हुन्छ । तर, त्यही आलुको एक तस्बिरको मोल झन्डै बाह्र करोड रुपैयाँ पर्ला भनी सायदै कसैले अनुमान लगाउला । कुरा सत्य हो । केबिन अब्बास नामक एक आइरिस फोटोग्राफरले खिचेको एउटा आलुको तस्बिर हालै उल्लिखित मूल्यमा बिकेको छ । कालो या अँध्यारो पृष्ठभूमिमा तस्बिर खिच्ने कलामा कहलिएका केबिनको उक्त आलु–फोटोलाई युरोपका एक धनाढ्य व्यापारीले महँगो रकममा खरिद गरेका हुन् । आलुका तस्बिर खिच्न विशेष मन पराउने केबिनले प्रशस्तै यस्ता आलु–फोटो खिचेका छन् भने ती बिजनेसम्यान पनि उनको फोटोग्राफीको खास प्रशंसक रहँदै आएका छन् ।