यौनसम्बन्ध राख्न प्रहरीलाई सूचना

यौनसम्बन्ध राख्न प्रहरीलाई सूचना


sex police
यौनसम्बन्ध भन्ने यस्तो विषय हो अवैध या वैध नै किन नहोस्, गोप्यताका साथ राखिन्छ । खुलेआम या अरूको दृष्टि पर्नेगरी यौनकर्म गर्ने हिम्मत जस्तोसुकै खुला संस्कृति भएको मुलुकका नागरिकले पनि हम्मेसी गर्दैनन् भने अरूलाई पूर्वजानकारी गराएर पनि यो काम गरिँदैन । तर, यस्तो गुप्तकर्म गर्नुअघि प्रहरीलाई जानकारी गराउनुपर्ने बाध्यता निम्तियो भने सम्बन्धित पात्रको हालत के होला ? हो, यस्तै सजाय व्यहोर्न विवश भएका छन् एक बेलायती नागरिक । लगभग चालीस वर्ष उमेरका यी बेलायती एक बलात्कारको अपराधमा जेल सजाय काटेर हालै मुक्त भएका हुन् । यसरी सजाय काटे पनि उनमाथि पुन: अपराध दोहोर्‍याउन सक्ने आशङ्का कायम रहेकाले कुनै पनि महिलासँग यौनसम्बन्ध राख्नुभन्दा २४ घन्टाअघि नै उनले प्रहरीलाई जानकारी गराउनुपर्ने आदेश अदालतले दिएको छ । इङ्ग्ल्यान्ड (वेल्स)का मजिस्ट्रेडहरूद्वारा जारी गरिएको अन्तरिम ‘सेक्स रिस्क’ आदेशअनुसार आफ्नो यौन गतिविधिबारे प्रहरीलाई जानकारी नदिइएको पत्ता लागेमा त्यस्तो व्यक्तिले थप पाँच वर्ष जेलमा बिताउनुपर्ने व्यवस्था गरिएको छ । यसरी शङ्काको घेरामा परेका व्यक्तिले यौनसम्बन्ध राख्नुभन्दा २४ घन्टाअघि आफ्नो नाम, उमेर, ठेगाना सबै विवरण प्रहरीलाई उपलब्ध गराउनुपर्ने हुन्छ ।