आफ्नै प्रेमीद्वारा बेचिएपछि…

आफ्नै प्रेमीद्वारा बेचिएपछि…


rape
बाइस घन्टामा एक सय दशपटक बलात्कार † सुन्दा पनि आङ सिरिङ्ग हुने घटनाको सिकार बनेकी हुन् आफ्नी आमासँग ग्रिस घुम्न जाँदा परिबन्दमा परेकी एक बेलायती युवती । मेगन स्टिफन नामक यी युवती १४ वर्षको उमेरमा ग्रिस पुगेकी थिइन् । त्यहाँ ६ वर्षसम्म बन्धक बनाएर उनको चरम शारीरिक शोषण गरियो, जबर्जस्ती उनलाई वेश्यावृत्तिमै धकेलियो । २२ घन्टा अवधिमा एक सय दश व्यक्तिले बलात्कार गरेको अवस्थासमेत उनले व्यहोर्नुपर्‍यो । ग्रिसमा एक ज्याक नामक युवकको प्रेमजालमा परेकी मेगनलाई आफ्ना कथित प्रेमीले नै उक्त नारकीय अवस्थामा पुर्‍याइदिए । सुरुमै दिनहुँ करिब पचास पुरुषसँग यौनसम्बन्ध राख्न उनलाई बाध्य पारियो । आफ्नो प्रेमीमाथि अत्यधिक विश्वास गर्दा आफू फसेको र प्रेमीले नै एक यौन–तस्करको हातमा आफूलाई बेचिदिएको खुलासा उनले गरेकी छिन् । सबभन्दा आश्चर्यको कुराचाहिँ यो छ कि वेश्यावृत्तिको जञ्जालबाट मुक्त भएपछि स्टिफन यतिबेला उनै प्रेमीसँग खुसहाल जिन्दगी बाँचिरहेकी छिन् ।