जापानमा रेलको ठक्करबाट बागलुङका युवाको मृत्यु

जापानमा रेलको ठक्करबाट बागलुङका युवाको मृत्यु


रेलको ठक्करबाट मृत्यु
रोजगारीका लागि जापान पुगेका बागलुङ गल्कोट– ९ काँडेवासका २१ वर्षीय ओमकार कंँडेलको टोकियोमा मृत्यु भएको छ । पारिवारिक भिसामा १९ महिनाअघि जापान गएका कंँडेलको टोकियोबाट १३ किलोमिटरको दुरीमा रहेको ओओमोरी खाइदान भन्ने स्थानमा भएको रेल दुर्घटनामा मृत्यु भएको हो ।

टोकियोको कामातामा बुबा, आमा र भाइसँगै बस्दै आएका कँडेल केही दिन अघिदेखि घरपरिवार तथा आफन्तको सम्पर्कबाहिर रहेको मृतकका बाबु टोपलाललाई उद्धृत गर्दै बताइएको छ । गत बिहीबार दिउँसो २ बजे ओओमोरी खाइदान स्टेसनमा गुडिरहेको तीव्रगतिको रेलको ठक्करबाट शव क्षत विक्षत भएका कारण पहिचान गर्न समय लागेको टोकियो महानगरका प्रहरीले जानकारी दिएका छन् । टोकियो प्रहरीले ढिलो गरी शुक्रबार अपरान्न नेपाली राजदूतावासलाई जानकारी गराएको थियो । घटनापछि कंँडेल परिवार शोकाकुल भएको छ भने जापानवासी नेपाली चिन्तित भएका छन् ।