लण्डनस्थित पशुपतिको मन्दिरको सहयोगार्थ आनन्द कार्कीले जुटाए रकम

लण्डनस्थित पशुपतिको मन्दिरको सहयोगार्थ आनन्द कार्कीले जुटाए रकम


wp7a8eafbb_06लन्डन । करिब डेढ दशकपछि बेलायत भ्रमणका लागि आएका गायक आनन्द कार्की विभिन्न स्थानका कार्यक्रमहरुमा अहिले निकै ब्यस्त रहँदै आएकाछन । पटक पटक आफ्नो नेपाल फर्कने मितिलाई लम्ब्याउँदै बसेका कार्कीले आर्थिक पक्षतर्फ मात्र नभई सामाजिक कार्यतर्फ पनि आफूलाई समावेस गराएकाछन् । यही फेब्रुअरी ७ तारिख आइतवारका दिन लण्डनको प्लमस्टिडमा रहेको पशुपति मन्दिरको सहयोगार्थ मध्यान्न १२ बजेदेखि दिउँसोको ३ बजेसम्म एक दर्जनभन्दा बढी भजनहरु गाएका थिए । भोले शंकर भन्दै जाउँ, रामनामको चन्दन घोटी, ऐसी लगी लगन, मीरा होगी भगन, अच्युतम केशवम जस्ता हिन्दी तथा नेपाली भजनहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा दीपक थापा, पार्वती शर्मा, सुनील न्यौपाने जस्ता स्थानीय कलाकारहरुको पनि सहभागिता रहेको थियो ।
माया प्रेमसंग सम्बन्धित गीत गजलहरु सुनाउँदै आयका कार्कीले प्रस्तुत गरेको भजन कीर्तनले पनि एउटा छुट्टै किसिमको आनन्द प्रदान गरेको कुरा त्यहाँ उपस्थित भक्तजनहरुले ब्यक्त गरेका थिए । झन्डै सय जना जतिको सहभागिता रहेको उक्त भजन कीर्तनको संयोजन व्यावसायी एलएन पाण्डेले गरेका थिए ।
अध्यक्ष बालजंग अर्यालका अनुसार उपस्थित भक्तजनहरुबाट करिब ११ सय पाउण्ड रकम संकलन भएको थियो । उक्त रकम मन्दिरको कोषमा राखिने र यसरी रकम संकलन गर्नको लागि महत्वपूर्ण भूमिका निभाएकोमा गायक आनन्द कार्कीलाई अर्यालले धन्यबाद दिएका थिए । नेपाली समुदायद्वारा निर्माण गरिएको सो पशुपति मन्दिर युरोपमै पहिलोपटक लण्डनमा स्थापित गरिएको हो ।
karkiआफूले थुप्रै सांगीतिक कार्यक्रमहरु गएको भएता पनि यो कार्यक्रमले आफूलाई छुट्टै किसिमको आनन्द मिलेको कुरा गाएक कार्कीले ब्यक्त गरेका थिए । लामो समयपछि बेलायतमा आएर नेपालीहरुद्वारा स्थापना गरेको मन्दिरलाई थोरै मात्रामा भए पनि सहयोग गर्न पाउँदा आफूलाई आत्म सन्तुष्टी मिलेको गायक कार्कीले बताएका थिए । यस क्षेत्रमा करिब तीन दशक बिताइसकेका गायक कार्कीले गजल, भजन, चलचित्रका गीतलगायत तीन हजारभन्दा बढी गीतहरु गाइसकेकाछन् ।
-नरेन्द्र बस्नेत