‘जिका’का कारण चुम्बनमै बाधा !

‘जिका’का कारण चुम्बनमै बाधा !


ramailo kiss jika
ब्राजिललगायत अफ्रिकी एवम् पश्चिमा मुलुकमा यतिबेला जिका भाइरसले आतङ्क मच्चाइरहेको छ । एडिस एजिप्टी नामक लामखुट्टेबाट फैलने जिका भाइरसका कारण साना टाउको भएको बच्चा जन्मने र त्यस्ता बालबालिका सुस्त मनस्थितिका हुने भएकाले जिकाको त्रास फैलिएको हो । जिकाको सङ्क्रमणबाट बचाउनकै लागि ल्याटिन अमेरिकी मुलुक अल साल्भाडोरले त महिलालाई आगामी दुई वर्षसम्म गर्भवती नहुन सूचनासमेत जारी गर्‍यो भने अन्य मुलुकले पनि आफ्ना नागरिकलाई यसैगरी सचेत गराएको समाचार आइरहेकै बेला ब्राजिलका वैज्ञानिकहरूले गर्भवती महिलालाई चुम्बन नगर्न चेतावनी दिएका छन् । जिकासङ्क्रमित महिलाको र्‍याल र पिसाबमा पनि भाइरसको उपस्थिति भेटिएपछि सम्बन्धित विज्ञहरूले गर्भवती महिलालाई चुम्बनमा रोक लगाएका हुन् । जिका भाइरस एक–अर्कामा अत्यन्त छिटो सर्ने र फैलने भएकाले पार्टनरसँग किस र ड्रिङ्क सेयर गर्नुअघि पटक–पटक सोचविचार गर्नर्ुपर्ने उनीहरूको सुझाव छ । तर, कुपोषण तथा न्युरोलोजीसँग जोडिएको समस्याका कारण डब्लूएचओले जिकालाई ‘अन्तर्राष्ट्रियबाटै स्वास्थ्य क्षेत्रमा इमर्जेन्सी’ घोषित गरेको भए पनि कतिपय चिकित्सकले र्‍यालकै कारण जिका भाइरस एक–अर्कामा नसर्ने भन्दै चुम्बन गर्न कुनै आपत्ति नरहेको तर्क अघिसारेका छन् ।