मौरी भड्किँदा हाइवे ठप्प

मौरी भड्किँदा हाइवे ठप्प


Ramailo bee
मौरीको झुन्ड सल्बलाउँदा यातायात नै रोक्नुपरेको कुरा सुन्दा बेकारको हौवाजस्तो लाग्न सक्छ, तर घटना साँचो हो । गत साता राजस्थानमा मौरीको हुलकै कारण यातायात नै रोक्नुपरेको घटना प्रकाशमा आएको छ । भएछ के भने मौरीका सयौँ बक्सा लोड गरिएको ट्रक दुर्घटनावश पल्टिएपछि बाक्सा फुटेर हुलका हुल मौरी सडकमा उड्न थाले । हेर्दाहेर्दै एक किलोमिटरभन्दा बढी सडकक्षेत्र मौरीले ढाक्यो । खल्बलिएका मौरीले हाइवेमा गुडेका सवारीसाधनभित्रै प्रवेश गरी मानिसलाई टोक्न थाले । दुई दर्जनजति व्यक्ति त मौरीको टोकाइबाट घाइते नै बने । बाइकमा सवार व्यक्तिहरू आफ्ना सवारीसाधन नै छोडेर मौरीको आक्रमणबाट जोगिन टाढा–टाढा भाग्नुपर्‍यो । सडकमा गाडी गुडाउनै नसकिने अवस्था आइपरेपछि स्थानीय प्रशासन सक्रिय भयो र १२ घन्टाका लागि सवारी आवतजावतमा रोक लगायो । तर, दुई दिनसम्म पनि अशान्त मौरीहरू सो क्षेत्रमा मडारिइरहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।