सिकारी मोडलको चर्तीकला

सिकारी मोडलको चर्तीकला


Ramailo Model courage
संसारमा डरपोक व्यक्तिहरूको कमी छैन । स–साना कुरासँग पनि डराउनेहरू माउसुली, छेपारो देख्दा पनि तर्सिन्छन् । तर, किमी वार्नर नामक यी मोडल युवतीको हिम्मत भने गजबको छ, यिनी समुद्रभित्र छिरेर आठवटा हात भएको अक्टोपस समात्दै त्यसलाई मृत्युको मुखमा पुर्‍याउँछिन् । पानीभित्र चार मिनेट ४५ सेकेन्डसम्म सास रोकेर बस्न सक्ने वार्नर गहिरो पानीमा प्रवेश गर्दै समुद्रीजीवको सिकार गर्न अत्यधिक रुचाउँछिन् । समुद्रका ठूलाठूला जीव मार्नचाहिँ यिनी चक्कु, भालाजस्ता हतियारको प्रयोग गर्छिन्, अन्यथा नाङ्गो हातकै सहारामा आफ्नो काम तमाम गर्न वार्नर पारङ्गत नै छिन् । दुब्ली–पातली यी मोडल ७२ किलो तौल भएको टुना फिसको सिकार गरी सहजै आफ्नो काँधमा उठाउँछिन् । यसरी समुद्रीजीवको सिकार गर्ने लतचाहिँ उनलाई आफ्नो शरीर फिट राख्ने लालसाका कारण बसेको रहेछ । समुद्रीजीवको खाना खाँदा शरीर स्वस्थ र फिट रहने धेरैको विश्वास रहिआएको छ ।