जसले नहाँसी ४० वर्ष कटाइन्

जसले नहाँसी ४० वर्ष कटाइन्


Ramailo no lafing
हाँस्नु स्वास्थ्यका लागि अत्यन्त लाभकारी छ भन्ने प्रामाणिक र विश्वव्यापी मान्यता छ । हाँस्दा मानसिक स्वास्थ्य मात्र सबल हुने नभई शारीरिक दृष्टिले पनि कैयन रोग तथा विकार अन्त्य हुने सम्बन्धित विज्ञहरू दाबी गर्दछन् । तर, टेस क्रिश्चियन नामक महिला एक यस्ती पात्र हुन् जो हाँस्दा अनुहारको छाला चाउरी पर्ने डरले विगत चालीस वर्षदेखि नहाँसी बाँचेकी छिन् । यतिबेला पचास वर्ष पुगेकी टेसले दश वर्षको कलिलो उमेरदेखि नै हाँसो रोकेकी हुन् । जीवनमा नहाँसी नहुने या हाँसो रोक्नै नसकिने कैयन सन्दर्भ आइपर्दा पनि उनी हाँसिनन् । आफ्नी छोरी जन्मेको अवसरमा उनी अत्यन्तै खुसी थिइन्, तैपनि मुख फैलाएर हाँस्नबाट उनी जोगिइन् । उनको दिमागमा हाँस्दा अनुहार खुम्चन्छ भन्ने भ्रमले यसरी जरा गाडेको छ कि बाँकी जीवन पनि हाँस्दैनहाँसी कटाउने उनको अठोट छ ।