भगवानलाई मुकुट दान

भगवानलाई मुकुट दान


dimond crown
भारतको तिरुपति बालाजीस्थित भगवान् बेंकटेश्वर भारतकै सर्वाधिक सम्पन्नशाली तीर्थ–मन्दिरभित्र पर्छ र पनि बेंकटेश्वर भगवान्लाई यस युगमा चुक्ता हुनै नसक्ने गरी ऋण लागेको छ भन्ने मान्यता रहँदै आएको छ । आफ्ना परम् श्रद्धेय भगवान्लाई लागेको ऋणको मोचनका निम्ति भक्तजनले दिनहुँजसो भारी मात्रामा उक्त मन्दिरमा दान चढाउँदै आएका छन् । आफ्नो मनको इच्छा पूरा हुने आसमा दैनिक लाखौँ भक्तजन केही न केही दान–दक्षिणा लिएर भगवान् बेंकटेश्वरको दर्शनार्थ पुग्ने गर्छन् । यसैक्रममा गत साता एक भक्तजोडीले बेंकटेश्वरलाई अनौठो दान गरेका छन् । दक्षिण भारतको कोयम्बटुर नामक स्थाननिवासी बाला मुरुगन र उनकी पत्नी पूर्णिमाले आफ्नो जन्मदिनको अवसरमा डेढ करोडभन्दा ज्यादा मूल्यको हीराजडित मुकुट आफ्ना आस्थाका भगवान्लाई चढाएर चर्चाका पात्र बनेका हुन् । केही वर्षअघि कर्णाटकका तत्कालीन मन्त्रीले आफ्नो जन्मदिवसकै मौका पारेर ४५ करोडको हीराजडित सुनको मुकुट तिरुपति बालाजीमा चढाएका थिए । त्यसयता बालामुरुगन जोडीले हाल दान गरेको मुकुट नै यसको सुन्दरता र मूल्यका कारण ज्यादा चर्चामा रहेको छ ।
crown