रेडवाइनकै भरमा एक सय सात वर्ष

रेडवाइनकै भरमा एक सय सात वर्ष


withoput water
प्राणी–जीवनको मूलाधार नै पानी हो । पानीबिना मानिस बाँच्ने कल्पना गर्न सकिँदैन । यस विश्वव्यापी तथ्यबीच कसैले पानीबिना सय वर्षभन्दा बढी अवधि गुजारेको दाबी गर्छ भने यसलाई अष्ट आश्चर्य नमानी सुखै छैन । हो, एनतोनियो डोकैम्पो गार्सिया नामक यी स्पेनिस वृद्धको दाबी पत्याउने हो भने उनले पूरै १०७ वर्ष पानी नपिई बाँचिसकेका छन् । यस्तो कसरी सम्भव छ भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । गार्सियाले विशुद्ध पानी मात्र नपिएका हुन्, तर उनी दिनहुँ लिटरका लिटर वाइन भने पिउँछन् । उनी अर्गानिक रेडवाइन आफैँ तयार गर्छन् र दिनहुँ लन्च र डिनरको टाइममा दुई–दुई लिटरको दरले चार लिटर वाइन पिउँछन् । ‘गार्सियाको शरीरमा मुखबाट भित्रिने तरल पदार्थ भनेकै यही अर्गानिक रेडवाइन मात्रै हो, यिनले जीवनभर पानी पिएकै छैनन्,’ एक स्पेनिस अखबारले लेखेको छ ।