दिक्क लागेपछि दूधको सिर्का

दिक्क लागेपछि दूधको सिर्का


Lady Milk
आफूलाई मनै नपरेको कुनै बैठक, सभा वा गोष्ठीमा उच्चाट वा दिक्क लाग्ने गरी लगातार घन्टौँ सहभागी हुनुपर्‍यो भने तपाईं त्यस्तो बैठक आयोजकप्रति कसरी आफ्नो असन्तुष्टि पोख्नुहुन्छ ? युक्रेनकी एक महिलाले त एक म्याराथन वर्क कन्फ्रेन्समा लगातार १४ घन्टा सहभागी हुनुपरेको झोँकमा पुरुष सहकर्मीहरूसँग अनौठो किसिमले आक्रोश व्यक्त गरिन् । सहकर्मीहरूको भीडबीच नै उनले आफ्नो बाहिरी बस्त्र माथितिर उठाइन् र ब्रेस्ट निचोर्दै त्यसबाट निस्केको दूधका धारा आयोजक सहकर्मीको शरीरमा छर्किन थालिन् । १४ घन्टा लगातार चलिसकेको बैठक अझै लम्बिन सक्ने देखेपछि उनी त्यसरी भड्किएकी थिइन् । आफू अब एक सेकेन्ड पनि बैठकमा अडिन नसक्ने हालतमा पुगेको कुरा जोडले चिच्याएर दोहोर्‍याउँदै उनले ब्रेस्ट निचोरेर सहकर्मी पुरुषका पोसाकमाथि छर्किरहेको भिडियो दृश्य यतिबेला सोसियल साइडहरूमा भाइरल बन्न पुगेको छ ।