एन.आर.एन. यूकेको बैठक सम्पन्न

एन.आर.एन. यूकेको बैठक सम्पन्न


लण्डन । गैर-आवासीय नेपाली संघ यूकेको कार्य समितिको दशौं बैठक रेडिङस्थित गोर्खा स्क्वायर तन्दूरी रेष्टुरेण्टमा यही अप्रिल १० मा सम्पन्न भयो । बैठकले संघको साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचन आगामी सेप्टेम्वर १० तारिखमा लण्डनमा सम्पन्न गर्ने निर्णय गरेको छ । जसको लागि डा. राघव धितालको संयोजकत्वमा डा. हेमराज शर्मा, रि.मे. डमर घले, सोलिसिटर राजु थापा र डा. कृष्ण अधिकारी रहेको पा“च सदस्यीय निर्वाचन समिति गठन गरेको छ । बैठकले साधारण सभा तथा निर्वाचनको कार्यक्रम स्थल तय गर्न र सोसम्बन्धी आवश्यक व्यवस्थापन गर्न राजकुमार त्रिपाठीलाई जिम्मेवारी दिइएको छ ।

बैठकले दोहोरो नागरिकताको सम्बन्धमा “एक पटकको नेपाली सधैंको नेपाली” को नीतिलाई आत्मसात गर्दै नेपाली नागरिकता बचाउने अभियानलाई तीव्रता दिने निर्णय गरेको छ । नेपालमा बन्ने नयाँ संविधानमा नेपाली नागरिकता नगुम्ने गरी दोहोरो नागरिकताको प्रावधान गराउन एन.आर.एन. अन्तर्राष्ट्रिय कमिटिसँग संयोजन गरी नेपालमा तुरुन्तै उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । यस “नेपाली नागरिकता बचाउ अभियान” लाई सफल बनाउन एन.आर.एन. यूकेका पूर्व अध्यक्ष रि.मे. डमर घलेको संयोजकत्वमा आर्थिक सहयोग समिति गठन गरेको छ । समितिमा ध्रुव के.सी., नेपालका तीन ठूला दलका यूकेमा कार्यरत संस्थाका प्रमुखहरु, यूकेमा कार्यरत अन्य संघसंस्थाका प्रतिनिधिहरु र समाजका प्रबुद्ध व्यक्तिहरु रहने व्यवस्था गरेको छ । समितिले बैठकस्थलमा नै तिनहजार पाउण्ड रकम संकलन गरेको छ । यस अभियानलाई सम्पन्न गर्न एन.आर.एन. अन्तर्राष्ट्रिय कमिटिसँग संयोजन गरी प्रतिनिधिमण्डलसम्वन्धी सम्पूर्ण व्यवस्थापन गर्न एन.आर.एन. यूरोपियन कमिटिका संयोजक रि.क्या. हितमान गुरुङलाई जिम्मेवारी दिइएको छ । बैठकले नेपालका राजनीतिक दलका यूकेस्थित संस्थाहरुको तर्फबाट यस अभियानमा सहयोग पुर्‍याउन संयुक्त बक्तव्य जारी गर्ने र आ-आफ्नो मातृ राजनीतिक दलमा यससम्बन्धी लविङ बढाउने निर्णय गरेको छ । जसको लागि एन.आर.एन. यूकेको तर्फबाट भक्त गुरुङ, प्रगतिशील नेपाली समाजको तर्फबाट एन.आर.एन. यूकेका सल्लाहकार नविन सापकोटा, एन.पी.सी.सी. यूकेको तर्फबाट सल्लाहकार लोक गुरुङ र एन.डी.एफ. यूकेको तर्फबाट सल्लाहकार दिनेश घिमिरेलाई जिम्मेवारी दिने निर्णय गर्‍यो ।

बैठकले एन.आर.एन यूकेले आफ्नो कल्याणकारी कोषमार्फत विपत्तिमा परेका विभिन्न व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आएको सन्दर्भमा यस कोषको रकम बृद्धिको लागि आगामी अगष्ट १४, आईतवारमा च्यारिटी डिनरको आयोजना गर्ने निर्णय गरेको छ । जसको लागि आवश्यकीय व्यवस्थापन गर्न उपाध्यक्ष कुल आचार्यलाई जिम्मेवारी दिइएको छ । बैठकमा जापानका महाभूकम्प तथा सुनामीपिडितहरुको सहयोगार्थ आई.सी.सी. सदस्य विजय थापाको संयोजकत्वमा एन.आर.एन. यूकेद्वारा गठित सुनामीपिडित सहयोग समितिले पाच हजार पाउण्ड रकम संकलन भएको रिपोर्ट पेश गर्‍यो । बैठकले नेपालको मित्र राष्ट्र जापानलाई आइपरेको यस विपत्तिको समयमा एन.आर.एन. यूकेको आव्हानलाई स्वीकार गरी आर्थिक सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद दिँदै कुशलतापुर्वक यस अभियानलाई संयोजन गरेका आई.सी.सी. सदस्य विजय थापालाई धन्यवाद दिएको छ । बैठकले दुर्घटनामा परेका सूर्यकुमार गुरुङलाई आर्थिक सहयोग गर्न बनेको सहयोग समितिका संयोजक एन.आर.एन.यूकेका सल्लाहकार विश्व आदर्श पंडितलाई धन्यवाद दिँदैं सोह्र सय पाउण्ड सहयोग रकम उपलब्ध गराउने सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद दिएको छ ।

बैठकमा एन.आर.एन. को आगामी जुलाई २२ देखि २५ सम्म मास्कोमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न यूकेबाट आवश्यक सहयोग गर्नुका साथै सम्मेलनमा यूकेबाट व्यापक सहभागिता जनाउन सबैलाई अव्हान गर्ने निर्णय गरेको छ । बैठकले यूकेबाट यस सम्मेलन तथा आगामी अक्टोवरमा नेपालमा सम्पन्न हुने अन्तर्राष्ट्रिय सम्मेलनको कामको संयोजन गर्न र आई.सी.सी. सम्बन्धी बा“की अवधिको कामको संयोजन गर्न आई.सी.सी. सदस्य शंकर भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

संस्थाका अध्यक्ष सूर्य गुरुङको अध्यक्ष र कोअर्डिनेटर भक्त गुरुङले सञ्चालन गरेको बैठकको व्यवस्थापन ग्रेटर रेडिङ नेपाली समाजले गरेको थियो । बैठकमा रेडिङ नेपाली समाजको तर्फबाट बैठक व्यवस्थापन समितिका संयोजक यादव श्रेष्ठले सबैलाई स्वागत गरेका थिए भने, ग्रेटर रेडिङ नेपाली समाजका महासचिव इ. नारद भण्डारीले आफ्नो समाजको बारेमा संक्षिप्त जानकारी दिएका थिए । बैठकमा कार्यसमितिका उपाध्यक्षहरु कुल आचार्य र महेन्द्र कँडेल, सह-कोअर्डिनेटर विज्ञान प्रसाई, सदस्यहरु विज्ञान शर्मा, जीवनारायण वेलवासे, केदार थपलिय, राजकुमार त्रिपाठी, टुका क्षेत्री, यादव श्रेष्ठ, दिलिप महासेठ, एन.आर.एन. यूरोपियन कोआर्डिनेटर रि.क्या. हितमान गुरुङ, आई.सी.सी. सदस्यहरु विजय थापा, लक्ष्यबहादुर गुरुङ, राजेन्द्र कँडेल, शंकर भण्डारी र डा. हेमराज शर्मा, सल्लाहकारहरु- रि.मे. डमर घले, शेर सुनार, ध्रुव के.सी., डा. पदम सिंखडा, लोक गुरुङ, कर्ण शाही, नविन सापकोटा, राजु थापा, खगेन्द्र नेपाली, मोहन गुरुङ, चिरञ्जिवी ढकाल, डा. चन्द्र लम्सम्बा, विश्व आदर्श पंडित, शिवजी श्रेष्ठ, आङ कल्जङ्ग लामा, पशुपति भण्डारी र महेश गुरुङको उपस्थिति रहेको थियो । बैठकले स्वादिष्ट भोजनसहितको उच्चस्तरीय व्यवस्थापनमा बैठकलाई सम्पन्न गर्न बैठक अवधिभर स्वयं उपस्थित भई सहयोग गर्ने ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष महेश गुरुङ, उपाध्यक्षहरु – रमेश वास्तोला, ओमेन्द्र गुरुङ, दिपक गुरुङ, महासचिव नारद भण्डारी र सदस्य महेश्वरी आचार्य र संयोजक यादव श्रेष्ठलाई धन्यवाद दिइएको छ । बैठकमा नेपथ्य सांगीतिक ब्याण्डको तर्फबाट सुनिल प्रधान, आशेष एण्ड नेश ब्याण्डको तर्फाट क्याथरिन ब्लक र स्टिभ सिनोट फाउन्डेसनको तर्फबाट साम तिवारीले आ-आफ्नो संस्थाको बारेमा संक्षिप्त जानकारी गराएका थिए । बैठकले कन्सपिकस ग्यालेन्ट्री क्रस जस्तो बेलायती उच्चस्तरीय सैनिक सम्मान पदवीद्वारा विभूषित भएका सार्जन दिपप्रसाद पुनलाई बधाइ दिनुका साथै उनको सैनिक जीवनको पूर्ण सफलताको शुभकामना समेत दिइएको छ । बैठकले जापानका सुनामी पीडितहरुप्रति श्रद्धान्जली अर्पण गरेको छ । बैठकले नेपालमा तोकिएको समयमा नै संविधान निर्माण कार्य सम्पन्न गर्न जोडदार माग गरेको छ । -भक्त गुरुङ