दृष्टिविहीन मुस्लिम बालिकालाई गीता कण्ठस्थ

दृष्टिविहीन मुस्लिम बालिकालाई गीता कण्ठस्थ


12 Ramailo 1 gita-story
हिन्दूको पवित्र एवम् महान् ग्रन्थ गीताको एक–एक श्लोक याद गर्नु मै हुँ भन्ने विद्वान्लाई समेत सजिलो हुँदैन । यस्तो कठिन कार्य कुनै दृष्टिविहीन मुस्लिम बालिकाले सिद्ध गरेर देखाउनु निश्चय पनि अनौठो कुरा हो । भारत उत्तरप्रदेशस्थित मेरठकी आठ वर्षीया दृष्टिविहीन बालिका रिदा जेहराले गीताका हरेक अध्यायका प्रत्येक पङ्क्ति कण्ठस्थ पारेर सबैलाई चकित तुल्याएकी छिन् । अझ आश्चर्यको कुरा त के छ भने यी बालिकाले ब्रेललिपिको सहारासमेत नलिई गीता कण्ठ गरेकी हुन् । मेरठको जागृति बिहारस्थित एक आवासीय ब्रजमोहन ब्लाइन्ड स्कुलमा अध्ययनरत रिदाले गीताको पन्ध्रौँ अध्यायको तयारीसम्बन्धी एक प्रतियोगितामा भाग लिने क्रममा गीता ग्रन्थप्रति चाख बढाएकी थिइन् । उनको रुचिप्रति सौहार्दता दर्शाउँदै स्कुलले गीता पाठ गराई उनलाई सुनाउन थालेको थियो । सुनेकै भरमा उनले उक्त महान् एवम् बृहत् ग्रन्थ कण्ठस्थ पारेकी हुन् । उनलाई यस कार्यको निम्ति थुप्रै प्रशंसा र पुरस्कारसमेत मिलेको छ भने रिदाका बाबुआमासमेत आफूहरू मुस्लिम भएर पनि छोरीले महान् हिन्दू ग्रन्थ कण्ठै पाठ गर्न सकेकोमा गर्व लागेको बताउँछन् ।