आमाछोरालाई एकै दिनमा घातक बिमारीको चोट

आमाछोरालाई एकै दिनमा घातक बिमारीको चोट


लण्डन । साराबेरी नाम गरेकी एकजना महिला र तिनकी ११ वर्षीय छोरा काइललाई एकै दिनमा रुटिन चेकअपका लागि एउटै अस्पतालमा जाँदा जीवनलाई खतरा हुने घातक बिमारी फेरि पत्ता लागेको छ । तर, यो दोहोरो दुःखद समाचारको धक्काले तिनीहरु निराश भएका छैनन्, अपितु रोगसँग जुझेर रोग मुक्त गर्ने कुरामा दृढ संकल्प लिएका छन् । सारा र काइलको शरीरका मुख्य अंगहरुमा ट्युमर फैलिने जस्ता मानिसहरुमा बिरलै हुने वंशानुगत समस्या भेटि्टएकाले दुबै आमाछोराको उपचार भइरहेको थियो ।
मार्च २२ तारिखको दिनमा बाथ, सोमरसेटको अस्पतालमा दुबैजनाको एपोइन्टमेन्ट थियो । सारा २ बजे रुटिन चेकको लागि स्क्यान गर्न स्क्यानरुममा गएकी थिईन् र ११ वर्षीय छोरा काईल ४१ वर्षीय पति डेरेकसँग साढे २ बजे चेकअपका लागि गएका थिए । साराले …. आफूलाई चेक गरिसकेपछि फेरि ब्रेस्ट क्यान्सर छातीमा देखा परेको कुरा डाक्टरले तिनलाई भनेका थिए र डाक्टरले… छाती नै काटेर फाल्ने अथवा ट्यूमरको लोथडालाई काटेर फाल्ने २ वटा विकल्पहरुमा तिनलाई एउटा चुन्नका लागि भनेका थिए । त्यसपछि तिनी छोराको चेकअपबारे पतिलाई सोध्न जाँदा छोराको पनि क्यान्सर नै भएको सुन्दा केही समयलाई रोएर अवाक भएकी थिईन् । सारालाई चार वर्ष पहिले पनि क्यान्सर भएर देब्रे पट्टीको स्तन अपरेशन गरेर फाल्नु परेको थियो र छोरालाई माइल्ड अस्टिम एपिलेप्सी (छारे रोग) भएको कारणले दिमागमा ट्युबरस सियोरोसिस पैदा भएको थियो जसबाट दिमागमा ट्यूमर फैलिनुबाट रोक्न सक्ने क्षमता थिएन । २ दिनपछि ब्रिस्टोलको फ्रेन्ची अस्पतालमा उनको दिमागबाट अपरेशन गरेर ट्यूमर फालेको थियो । तर, अहिले फेरि रुटिन चेक गर्दा त्यही समस्या देखा परेकोले यस रोगबाट फेरि ट्यूमरलाई पूर्ण रुपमा फाल्ोर निको हुनका लागि दृढ संकल्प लिएका छन् । स्रोत – मिरर, सुमल, मेस ।