पाकिस्तानी दूतावासका कर्मचारीमाथि गोली प्रहार

पाकिस्तानी दूतावासका कर्मचारीमाथि गोली प्रहार


नेपाल सरकारले सुरक्षा व्यवस्था सुदृढ बनाउने घोषणा गरेको भोली पल्टै काठमाण्डूस्थित पाकिस्तानी दूतावासका एक कर्मचारीमाथि गोली प्रहार भएको छ। कर्मचारी भिषा शाखाका कार्यरत मेहवुव असीमको बिहीबार विहान कार्यालय तर्फ गइरहेको बेला दुई जना युवाले गोली हानेका थिए। पेट र हातमा गोली लागेका उनको त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

तीन दिन अघि मात्रै अज्ञात व्यक्तिहरुले नवनियुक्त उर्जामन्त्री गोकर्ण विष्टमाथि धारिलो हतियारले आक्रमण गरेर उनलाई घाइते तुल्याएका थिए । काठमाण्डूको खिचापोखरीमै एकजना व्यापारीको गोली हानी हत्या गरिएको थियो।

जेलभित्रै युनुस अन्सारीमाथि एकजना भारतीय युवाले गोली हानेको पनि धेरै भएको छैन।