“वेलायतको फोक्स्टोनमा नयाँ वर्ष कार्यक्रम”

“वेलायतको फोक्स्टोनमा नयाँ वर्ष कार्यक्रम”


फोक्स्टोन । नेपलिज कम्युनिटी वेलायतले, गत १३ तारिख बुधवार हार्भी ग्रामर स्कूलमा, २०६८ सालको नयाँ वर्ष धुमधामसँग मनायो । कार्यक्रममा फोक्स्टोन वरपरका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । फोक्स्टोन नेपलिज कम्युनिटीका अध्यक्ष हर्कराज राईले, उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना ब्यक्त गर्दै, कार्यक्रमको शुरुवात गरेका थिए ।

अध्यक्ष हर्कराज राईले वानआरजीआरको गोर्खा मेजर ध्यानप्रसाद राई एम्भीओलाई कम्युनिटीको विशेष सल्लाहकारको रुपमा अनुरोध गर्दै, खादा ओढाएर स्वागत गरेका थिए । कम्युनिटीलाई उल्लेखनीय योगदान दिएबापत, प्रत्येक वर्ष एक जनालाई चेयरम्यान् एप्रिसिएसन् अवार्ड अफ दि इयरले सम्मान गर्ने जानकारी गराउँदै, अध्यक्ष हर्कराज राईले यो वर्ष कम्युनिटीलाई तन-मनले सहयोग गर्ने, रिटायर्ड क्याप्टेन रामबहादुर पुनलाई सम्मान गरेका थिए ।

कार्यक्रमको गणेश श्रीछबिन्द्र लिम्बू र साथीहरुले सामूहिक रुपमा नयाँ वर्षको गीत गाएर गरेका थिए । नयाँ वर्षलाई थप मनोरन्जनात्मक बनाउन ससाना नानी र भान्जाभान्जीहरुले बिभिन्न आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिएभने, भान्जीहरुले बिभिन्न पहिरनमा फेसन सो पनि देखाएका थिए । नृत्य र फेसन सोलगायत छबिन्द्र लिम्बू, फियोना राई, रोस्दीप र सोनिया आलेको सांगीतिक प्रस्तुतिले थप रौनकता थपेको थियो ।

सोहिदिन, दमिला देवन र शृष्टी लामाले भर्खरै जापानमा गएको भूकम्प र सुनामी पीडितहरुको सहयोगार्थ घरमै तयार पारिएको गेक ब्रि्री गरी केही रकम संकलन गरेका थिए । यही अवसरमा, फोक्स्टोनमा निमार्ण गर्न लागिएको गोर्खा स्ट्याच्युको लागि दुरा समाज यूकेले संकलन गरेको दुर्इ सय पाउण्ड रकम सुक बहादुर दुराले फोक्स्टोन नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष गोपाल गिरीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बिभिन्न ब्यक्ति, ब्यवसायी र एजेन्सीहरुद्वारा प्राप्त उपहारहरु राफल ड्रमार्फत भाग्यमानी दर्शकहरुलाई प्रदान गरिएको थियो । मध्यरात बाह्रबजे नयाँ वर्ष २०६८ सालको स्वागतपश्चात एक आपसमा सुख, समृद्धि र उत्तरोक्तर प्रगतिको कामना गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

-योगराज र्राई, मेस