गोहीसँग मोडलिङ

गोहीसँग मोडलिङ


Gohi pic
सबै ठान्दछन् गोही एक हिंस्रक तथा खतरनाक जनावर हो, तर यी मोडल यो सावित गर्ने धुनमा छिन् कि गोही हामीले सोचेजस्तो खतरनाक या नराम्रो स्वभावको जनावर होइन । यस्तो सन्देश प्रवाहित गर्ने उद्देश्यले साहसी इटालियन मोडल रोबर्टा म्यानसिनोले गोहीको अत्यन्त नजिक पुगी फोटो खिचाउने सोच बनाइन् । वास्तवमा यो उनको जीवनकै एक सपना पनि थियो । आफ्नो सपना साकार पार्न उनी मेक्सिकोको बैन्को चिन्चोरो नामक गोहीको वासस्थान पुगिन् र गोहीअघिल्तिर विभिन्न पोज दिँदै फोटो सुट गराइन् । गोहीले पनि सुन्दर मोडल रोबर्टाको सुन्दरता आरामसाथ नियालिरह्यो, आक्रमणको कुनै प्रयास गरेन । रोबर्टाले आफ्नो बाल्यकालदेखिको यो सपना पूरा गर्नुअघि दश घन्टासम्म स्विमिङको विशेष अभ्यास गरिन् र गोहीको स्वभावबारे सक्दो जानकारी पनि उनले लिएकी थिइन् । त्यसपछि मात्र चार मिटर लम्बाइ भएको एक गोहीलाई अघिल्तिर राखी उनले तस्बिर खिचाएकी थिइन् । यतिबेला रोबर्टाको यो साहसपूर्ण मोडलिङ–तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।