एउटै पुरुषबाट १३ सयको जन्म

एउटै पुरुषबाट १३ सयको जन्म


Father of 1300
एक पुरुषले आफ्नो जीवनकालमा कतिवटासम्म सन्तान जन्माउने सामथ्र्य राख्ला ? दश, बीस, पचास, सय, कति ? पत्याउन मुस्किल परे पनि एक अमेरिकी पुरुषबाट १३ सय सन्तानले जन्म लिएको खुलासा भएको छ । ८७ वर्षीय यी वृद्ध अमेरिकीले आफ्नो सक्रिय यौनिक–जीवनमा यति महिलासँग अवैध यौनसम्बन्ध राखेका रहेछन् कि उनकै वीर्यबाट मात्र लगभग १३ सयको सङ्ख्यामा सन्तान जन्म भएको रहेछ । नैशविल नामक अमेरिकी सहरनिवासी यी व्यक्ति पेसाले हुलाकी थिए । पन्ध्र वर्ष लगाएर गरिएको उनको डीएनए परीक्षणपछि उनी १३ सय अवैध सन्तानका पिता भएको पुष्टि हुन आएको हो । ‘सिड रोय’ नामक प्राइभेट डिटेक्टरको गहन जाँचबुझ तथा अनुसन्धानपछि यो तथ्यको खुलासा भएको हो । ‘सिड रोय’ले सन् २००१ देखि यसको अनुसन्धान थालेको थियो भने हलै आएर जाँचले पूर्णता पाएको हो । डिटेक्टरले १३ सय अवैध सन्तानबारे पुष्टि भइसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ । अवैध यौन सम्बन्धको आरोप लागेका यी वृद्धले पनि आफूबाट सयौँको सङ्ख्यामा अवैध सन्तान जन्मिएको हुनसक्ने स्वीकार गरेका छन् । तर, आफूबाट कुनै शर्मनाक काम नभएको दाबी गर्दै उनले आफ्नो यौवनकालमा हजारौँ महिलाले त्यस जमानाका अत्यन्त लोकप्रिय तथा महान् गायक जोनी कैशजस्तै ठानेर आफूलाई माया दिने गरेको र आफूप्रति भुतुक्कै हुने हजारौँ युवतीसँग यौनसम्पर्क राखेको बताएका छन् । त्यो जमानामा गर्भनिरोधसम्बन्धी कुनै उपाय नभएको पनि उनले स्मरण गराएका छन् ।