फिल्म आवेग’ गीतमा छल्केको ध्रुब र पवित्रा प्रेम (भीडीयो)

फिल्म आवेग’ गीतमा छल्केको ध्रुब र पवित्रा प्रेम (भीडीयो)


Screen Shot 2016-03-10 at 12.51.03लण्डन । यही चैत्र १२ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘आवेग’को नयाँ गीत रिलिज भर्खरै भएको छ । प्रचारलाई गति दिन निर्माण टिमले गत आइतबार नयाँ गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक ‘चाहे झुटो कसम’ बोलको गीतमा अभिनेता ध्रुबदत्त र अभिनेत्री पवित्रा आचार्य फिचरिङमा छन् । बसन्त निरौला निर्देशित फिल्मको सार्वजनिक गीतमा संगीत धिरज श्रेष्ठको छ भने कोरियोग्राफी कविराज गहतराजको छ । फिल्ममा लगानी भने झमक नारायण घिमिरे, धनसिंह केसी र राजेश्वर श्रेष्ठको छ ।

अष्ट महर्जनको द्वन्द्व समावेश फिल्म किरण माईकलको कथामा तयार भएको हो । फिल्मलाई पुरुटोत्तम प्रधानले खिचेका छन् । फिल्ममा पवित्रा र ध्रुबसँगै आर्यन सिग्देल, रमेश बुढाथोकीलगायत लिड रोलमा छन् ।
[youtube]http://www.youtube.com/watch?v=skV4sGKVz-0[/youtube]