वाह ! प्रधानमन्त्री

वाह ! प्रधानमन्त्री


Rajendra Pathak
:: सागर ::

आज विश्व खाद्य दिवस उद्घाटनमा प्रधानमन्त्री आउनुभयो
प्रधानमन्त्रीले भोकमरी नलाग्ने बताउनुभयो
पेट्रोल किन्न माग्दा पनि नदिएरै सताउनुभयो
भुटन–नुन खान्यालाई नखानका लागि बताउनुभयो
धेरै खायो भने प्रेसर–सुगरले सताउँछ भन्नुभयो
खाँदै खाएन भने पनि सुकेनासले सुताउँछ भन्नुभयो
आहा † कस्ता प्रकाण्ड डाक्टरजस्ता हाम्रा प्रधानमन्त्री
झन्डै प्रोफेसर नै भएनछन् बुढा त कस्ता अर्थतन्त्री !
जहाँ गए पनि अर्ती दिन अति सिपालु महामन्त्री
विदेशी चिज धेरै खपत गर्न हुँदैन भन्छन् बुढा
जहाँ गए पनि यिनका ललिपपजस्ता कुरा तर सबै अधुरा
सहिदका सपना जनताका कल्पना अब सबै हुन्छन् पूरा
मैदान गए पनि हिमाल चढे पनि कुराचाहिँ अत्यन्तै छुरा
कहिले लालझन्डाका कुरा कहिले कालझन्डाका कुरा
धतुराएका कुरा चतुराएका कुरा यी बुढा कस्ता सुरा
सिंहदरबारमा फोटो पनि राखे बाउसँग टीका पनि थापे
त्यता लाग्नुभन्दा पहिले धारेहात लगाएर सराप्नु सरापे
अहिले पुर्पुरामा हात लाएर भन्छन्– यता त यस्तै पो रहेछ
बाख्रा चराएर हिँड्ने अल्लारे कान्छो प्रधानमन्त्री भएछ
हिजोका घटना सम्झँदा अहिले हाँसो छुट्छ
ओलीले झोली थाप्नु मात्र पर्छ धेरै नगद उठ्छ
पहिले साहुसँग सापट माग्न जाँदा रित्तै फर्किने सुड्डो
अहिले त दुनियाँकै ढुकुटीको साँचो बोक्ने भएछ बुढ्डो
बाह्र वर्षमा त खोलो पनि फर्कन्छ भन्छन्
डालोभरि मकै छोडाउने सपना देख्नेहरू
भकारीभरि पैसैपैसा पो गन्छन् !
kp-oli