आजका मान्छे

आजका मान्छे


आजका मान्छे
Abstract-Art
:: विश्वम्भर चञ्चल

आजभोलि मान्छे सस्तो छ पशुुभन्दा
पैसा सस्तो छ
संवेदना, दया–माया र प्रेमभन्दा
स्वार्थ प्यारो छ देशभक्ति र राष्ट्रवादभन्दा
बाबु पठाउँछ छोराछोरीलाई
बन्दुकको नालमा होमिन
र, आगोमा खेल्न
मानिस पठाउँछ छोराछोरीलाई
बिरामी र भोका
आफ्नै दाजुभाइलाई मार्न
ऊ आफ्ना सन्तानलाई–
दया–माया र प्ेरमको पाठ पढाउँदैन
मिहिनेत र परिश्रमको पाठ सिकाउँदैन
मातृभूमि र परभूमिको भेद छुट्याउन जान्दैन ऊ
मर्छन् आफ्ना सन्तान ड्याम्ड्याम्ती गोली लागेर
आफ्नै आँखाअगाडि
ज्यानको मोल माग्छ ऊ द–दश लाखको रेट लगाएर !