गोर्खा रेडियोद्वारा आयोजित नयाँ वर्ष शुभकामना साँझ भव्यताकासाथ सम्पन्न

गोर्खा रेडियोद्वारा आयोजित नयाँ वर्ष शुभकामना साँझ भव्यताकासाथ सम्पन्न


12967303_10154100070249282_3171976297707602906_oलन्डन, अप्रिल ९ तारिख शनिवारका दिन लन्डनस्थित फेल्थाम कम्युनिटि कलेजको एक हलमा गोर्खा अनलाइन रेडियोको तर्फबाट “गोर्खा रेडियो शुभकामना साँझ २०७३” को आयोजना गरिएको थियो ” । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतीथ्यमा सञ्चालित उक्त कार्यक्रममा अतिथिको रुपमा श्रीमती रिता क्षेत्री, एनआरएनका संस्थापक सचिव तथा नेपाल ब्रिटेन डट कमका अध्यक्ष्य चिरन्जिवी ढकाल, र एनआरएन युरोप संयोजक कूल आचार्यको उपस्थिति रहेको थियो ।
12967503_10154100074799282_7845340940689732905_oसाँझ ७ बजेबाट शुरु भएको औपचारिक कार्यक्रमको उद्घाटन कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीलगायत सम्पूर्ण अतिथिहरुद्वारा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको थियो । गोर्खा अनलाइन रेडियोका संचालक नरेन्द्र बस्नेतद्वारा संचालन गरिएको पहिलो चरणको कार्यक्रममा नेपाल तथा बेलायत दुबै देशका राष्ट्रिय गीतहरु बजाइएको थियो । कार्यक्रममा अतिथिहरु चिरन्जिवी ढकाल र कूल आचार्यले शुभकामना मन्तव्य दिँदैं यस्ता कार्यक्रमबाट भावी पुस्ताहरुलाई आफ्नो संस्कृति र परम्परालार्इ निरन्तरता दिनको लागि प्रेरणा मिल्ने, नेपाली संस्कृतिको पनि जगेर्ना हुने कुरा बताएका थिए । मिडियाद्वारा गरिएको यस किसिमको कार्यक्रमको प्रशंसा पनि गरेका थिए । साथै नयाँ वर्ष वि.सं.२०७३ सम्पूर्ण नेपालीहरुको लागि सफल र सुखमय बनोस् भन्ने कामना समेत ब्यक्त गरेका थिए । त्यस्तै गरी प्रमुख अतिथि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीले पनि शुभकामना मन्तव्य दिंदै गोर्खा रेडियोद्वारा आयोजित यस कार्यक्रमले नेपाली संस्कृति र परम्परालार्इ निरन्तरता दिन ठूलो मद्दत पुग्ने धारणा ब्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्दै देश विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको लागि यो नयाँ वर्ष वि.स. २०७३ सफल प्रेरणादायी बनोस् र गत वर्ष भूकम्पले पुर्याएको क्षतिलाई पनि यस वर्षले पूर्णता दिनेछ भन्ने कामना ब्यक्त गरेका थिए । बेलायतमा गरिने नेपाली कार्यक्रमहरुमा सबैभन्दा छोटो मन्तब्य राखेर कार्यक्रम संचालन गरिएको सम्भवत यो नै पहिलो कार्यक्रम भन्दा पनि फरक नपर्ला । कार्यक्रममा मनोरंजन गर्न आउनेहरुले भाषण सुनेर शास्ती खेप्नुपरेका थुप्रै गुनासाहरु आइरहँदा यस कार्यक्रममा प्रस्तुत गरिएको अत्यन्त छोटोमीठो शुभकामना मन्तव्यको सबैले प्रशंसा गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरु सुजन पराजुली, दिव्यानी शर्मा, र विजय घिमिरे र कपिल गौतमले रमाइला गीतहरु प्रस्तुत गरेर मनोरंजन दिलाएका थिए भने डीजे चांद लामाले पनि बेलाबेलामा उपस्थित सबैलाई गीत गएर मनोरंजन दिलाएका थिए । आधा बाटो हिंडेपछि तिमीसँग भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यहींबाट सुजन पराजुली र दिव्यानी शर्माले उक्त गीत गएर मनोरंजन दिलाएका थिए भने उनीहरुको जीवन पनि अहिले सोही गीतसँग मिल्दोजुल्दो परिवेशमा आइपुगेकोछ, अर्थात् उनीहरुको वास्तविक जीवनमा पनि आधी बाटोमा भेट भएकाछन् र अब एउटी बाटोमा हिड्ने तयारीमा लागिसकेकाछन् ।
12967925_10154100077839282_6836756997162188569_oकार्यक्रमको दोस्रो चरणको संचालन सुजन पराजुलीले गरेका थिए । कार्यक्रममा प्रसुना कंडेल, दीपा गिरी थापा, रश्मी गौतमले नृत्य प्रस्तुत गरेका थिए भने युक्ती बिमलीले चौबन्दीमा पटुकी बोलको गीत गएर मन्त्रमुग्ध पारेकी थिर्इन् । त्यस्तै बच्चाहरुको तर्फबाट बेन्सन बस्नेत र टिया आचार्यले रेशम फिलिलीको गीतमा नृत्य प्रस्तुत गरेका थिए । एकसय पचासभन्दा बढीको सहभागिता रहेको उक्त शुभकामना साँझमा कार्यक्रम हल खचाखच भरिएको र बस्नलाई केही असुविधा भएको महशुस गरिएको थियो । व्यवसायी तथा सामाजिक संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको उक्त कार्यक्रममा पत्रकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई मनोरञ्जन दिलाउने उद्देश्यले गीत संगीतलगायत दर्जनौं लक्की ड्रको पनि व्यबस्था गरिएको थियो । उक्त लक्की ड्रलार्इ स्थानीय व्यबसायीद्वारा प्रायोजन गरिएको थियो । प्रायोजन गर्नेहरुमा सोही दिन खानपानको व्यबस्थाको जिम्मेवारी लिएका रारा क्याटरर्स, फोर व्हिलर्स लिमिटेड हास्लो, गुर्खा स्टोर्स फेल्थम, ब्लू अर्किड रेस्टुरेन्ट नर्थहल्ट, द हेयरपोर्ट हेयर एण्ड ब्यूटी सेलुन खुकुरी वियर, गोर्खा दरवार फेल्थाम, काठमाडौँ जोन रेस्टुरेन्ट हान्स्लो रहेका छन् । साथै कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले बेलायतमा बस्दा गरेको सराहनीय कामको कदर गर्दै गोर्खा रेडियोद्वारा प्रदान गरिएको उपहारलाई पत्रकारहरुद्वारा हस्तान्तरण गरिएको थियो भने धन्यबादस्वरूप सफलताको कामना व्यक्त गरिएको थियो । साथै फोटोप्रेमीहरुको लागि प्रकाश के.सी.ले स्टुडियोको सम्पूर्ण व्यबस्थापन गरेका थिए भने फोटो खिच्ने र खिचाउनेहरुको प्रशस्त घुइंचो लागेको थियो । दिउँसोको ५ बजेदेखि नै मानिसहरुको आवागमन शुरु भएको उक्त कार्यक्रममा मध्यरातसम्म नै डीजे चांद लामाको वरिपरि झुमिरहेका थिए ।
12983234_10154100127259282_5687279816838294657_o12998417_10154100160109282_9056982572882141127_o
12983462_10154100141589282_8345860104879902803_o
12970834_10154100121574282_4794318590586978998_o
-नरेन्द्र बस्नेत