कुलबहादुर बने ‘मिष्टर पूर्वाञ्चल’

कुलबहादुर बने ‘मिष्टर पूर्वाञ्चल’


– मनिता चाम्लिङ

Kul Bahadur Shrestha, mr Purwanchal

धरान/ यसटकको सातौ मिष्टर पूर्वाञ्चलको उपाधि ब्रदर्श जिम झापाका कुलबहादुर श्रेष्ठले जित्न सफल भएका छन् । एलाइनेट जिम धरान–१५ को आयोजनामा धरानको सभागृहमा भएको उक्त प्रतियोगितामा ब्रदर्श जिम झापाका श्रेष्ठ ७० केजी तौल समूहबाट विजेता बन्दै सो उपाधि जित्न सफल भएका हुन् । उनले ओभरल राउण्डमा ५५, ६० र ६५ केजी समुहका विजयीहरुसंग प्रतिस्पर्धा गरेका थिए । उक्त उपाधिसँगै श्रेष्ठले ६० हजार रुपैयाँ, प्रमाणपत्र र जगिङ मेशिनका साथै मिष्टर पूर्वाञ्चलको ट्रफीसमेत हात पारेका थिए ।

त्यसैगरी सो प्रतियोगिताका दोस्रो उपाधि दमक एसआरओ जिमका विकास धिमालले जित्न सफल भए । उनले नगद ३० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने सुरेश राजवंशीले तेस्रो उपाधिसँगै नगद २०हजार, मेडल तथा प्रमाणपत्र र छत्रबहादुर श्रेष्ठले चौथो उपाधिसँगै नगद १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । सो प्रतियोगिताको ‘मस्ट मस्कुलरमेन’ झापाका विकास धिमाल, घोषित भए भने ‘वेष्ट पोजर’को उपाधी मोरङका देवराज पराजुलीले प्राप्त गरेका थिए ।

प्रतियोगिताको मुख्य निर्णायकमा एशियन जज पुष्प श्रेष्ठ रहनुभएको थियो भने प्रमुख आथितिमा सिंगक समाजका अध्यक्ष दिनेश सिंगक रहनुभएको थियो । सो कार्यक्रममा ९ वर्षिय बालक प्रवचन कार्की र २०६७ सालका मिस्टर धरान तथा मिस्टर कोशी मनिष लिम्बुले डेमोस्ट्रशन सो गरेका थिए। कार्यक्रममा गायक राजु ढकाल र माई ओए डान्स सेन्टर लगायत गरिमा डान्स सेन्टरको प्रस्तुतिले रौनकता थपेको थियो । सो कार्यक्रम एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।