अन्जु पन्त र हिमाल सागरको जीवनको प्राप्ति सार्वजनिक

अन्जु पन्त र हिमाल सागरको जीवनको प्राप्ति सार्वजनिक


12968640_464410503748607_1043796800_nलण्डन । गीतकार नृपेश उप्रेतीको आहान अर्को खुशी एल्बमबाट एउटा अर्को म्युजिक भीडीयो सार्वजनिक भएकोछ । बूढासुब्बा डिजिटलले सार्वजनिक गरेको उक्त म्युजिक भीडीयोमा अन्जु पन्त र हिमाल सागरको स्वर रहेकोछ भने अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएकाछन् । उक्त गीतलाई जीवन्तता दिनको लागि मोडल अनुप बिक्रम शाही र सरला थापाले रोमान्चकारी भूमिका निर्वाह गरेकाछन् ।
माया प्रेमका भावनाले उनिएका शव्दहरुलाई सुन्दर र रमणीय दृश्यहरुसहित पर्दामा उतार्नको लागि म्युजिक भीडीयो निर्देशक दिपेन्द्र केसीले गरेको प्रयासलाइ निकै नै सफल मान्न सकिन्छ । अन्जु पन्तसँग गरिएको हिमाल सागरको यो पहिलो गित युगल गीत पनि हो | विक्रम संवत २०७३ सालको नयाँ वर्षको आगमनको संध्या पारेर सार्वजनिक गरिएको उक्त म्युजिक भीडीयो सफल हुने कुरामा गीतकार नृपेश उप्रेती विश्वस्त छन् । माया प्रेमका शव्दहरुको समिश्रण रहेको यस म्युजिक भीडीयोको सबै पक्ष्य राम्रो रहेको दावी पनि उप्रेतीको रहेकोछ ।
-नरेन्द्र बस्नेत