झलनाथले पनि जात देखाए

झलनाथले पनि जात देखाए


नेपाली राजनीतिक फाँट लोभी र पदाकाङ्क्षीहरूले भरिभराउ रहेको सबैले बुझेकै कुरा हो । सबैजसो पार्टीका अधिकांश नेता देश र जनताको निम्तिभन्दा पनि आफू र आफ्नाहरूको उद्धारका लागि नै राजनीतिमा होमिएका आजसम्मको गतिविधिले प्रमाणित गरेको यथार्थ हो । तथापि, कतिपय नेताले आफ्नो साख जसोतसो जोगाएर राखेको अनुभूति गरिएको थियो तर यो पनि भ्रम मात्र रहेछ । एमाले अध्यक्ष झलनाथ खनालको हालको रवैयाले यही प्रमाणित गरेको छ । प्रधानमन्त्री बन्न खनाल कति लालायित रहेछन् र प्रधानमन्त्रीको प्रत्याशीका रूपमा ‘रिङ’मा होमिएर आउट भएपछि उनी कति विक्षिप्त बन्न पुगेछन् भन्ने पनि सार्वजनिक रूपमा अन्टसन्ट वक्तव्यबाजी गर्दै हिँड्न थालेपछि प्रस्ट भएको छ । झलनाथले निकै त्यागको कुरा फलाक्दै हिँडेका छन्, तर उनको त्यो फगत ढोंग हो भन्ने कुराको प्रमाण खोज्न कतै जानुपर्दैन, उनकै बोली-व्यवहार वा शैली नै यो बुझ्न काफी छ । उनी अलिक शालिन व्यक्ति भन्ने लाग्थ्यो, व्यक्तित्व पनि ठूलै नेताझैं दरि्शन्थ्यो, पदको लालसामा लुछाचुँडी गर्दैनन् कि भनेजस्तो स्वभाव झल्कन्थ्यो । पछिल्लो चरणमा आएर यो सबै तोडिएको छ र माओवादीको प्रवक्ता बनेर उनी पनि वामदेवकै ड्याङको मूला सावित हुन पुगेका छन् ।
– कञ्चन ढुङ्गाना, कोटेश्वर, काठमाडौं
महरि्ष व्यासजीको अद्वितिय रचनाबारे
व्यासले ब्रह्मासूत्र उपनिषद् महाभारत १७ पुराणसमेत रचना गरिसक्नुभएको थियो । यस्तैमा एक दिन ब्रह्मरि्ष नारदजीले व्यासजीलाई देखेर सोध्नुभयो, ‘तपाईं किन मलिन देखिनुहुन्छ -‘ व्यासले नारदजीसँग भन्नुभयो, ‘मैले सबै शास्त्र, पुराणहरू लेखेँ, तर, मेरो चित्त शान्त भएन ।’ नारदजीले त्यसपछि व्यासलाई भन्नुभयो, ‘तपाईंले राजनीतिमा शास्त्र मात्र लेख्नुभयो । अब भागवत -भक्तिशास्त्र) लेख्नुहोस् व्यासले नारदबाट प्रेरणा पाएर भागवत ग्रन्थको रचना सम्पन्न गरेपछि चित्त शान्ति गर्नुभएको हो ।
शास्त्रको सार के हो – सार कसको गर्नु – भगवान् कृष्ण कहाँ बस्नु हुन्छ – मार्ग कुन हो – श्रीकृष्ण स्वधाम पाल्नुभएपछि धर्म कसको शरणमा गयो – यस्ता सारगर्भित प्रश्नहरूको उत्तर यसप्रकार छन् :-
देवतालाई पनि दर्लभ भएको सबै सिद्धान्तको सार -सर्वसिद्धान्त निष्पन्नै) हो संसारको भयनाश गर्ने श्रीकृष्णले सन्तोषका लागि हेतु भनेको भागवत कथासार हो । त्यसैले श्रीकृष्ण, वाङ्मय मूर्ति भागवत रहनुहुन्छ । ‘कलौ तु केवला भक्ति’ -भागवत १।२।४) अर्थात् प्रभुको चरणको स्मरण मात्रले हाम्रो साझा दु:ख नाश हुन्छ, कलियुगमा कर्तिन -कलौ केशव कर्तिन) कै महिमा छ ।
कलियुगमा भागवतजस्तो हामीले भगसागर पार लगाउने शास्त्र अरू छैन । बाल, वृद्ध, युवा सबैले पिउन सकिने शान्ति -अमृतरूपी) रसकै सागर भएको भागवत अद्वितीय शास्त्र भएको यसको महात्म्य छ ।
महरि्ष व्यासले लेख्नुभएको भागवत महापुराण ग्रन्थ श्रीकृष्णकै वाङ्मय मूर्ति मानिन्छ । यसमा सृष्टिस्थिति लयसम्बन्धी सबै संसय -प्रश्न) हरूको निराकण पाइन्छ । लेख्ने, पढ्ने, सुन्ने सबैलाई शान्ति दिएको छ, दिन्छ । शान्ति नै शान्ति सबैतिर शान्ति । ç शान्ति ††
-दामोदर पौड्याल
झम्सीखेल, ललितपुर

लेखकलाई सलाम
देवप्रकाश त्रिपाठीको लेखकै कारण म घटना र विचार साप्ताहिकको नियमित पाठक हुँ । यही साउन ५ गतेको अङ्कमा प्रकाशित उहाँको लेख ‘कम्युनिस्ट काइदा’ अत्यन्त रोचक र सामयिक लाग्यो । त्यसका लागि म लेखकलाई स्यालुट नै गर्न चाहन्छु । वर्तमान राजनीतिक अन्योलका अनेक पाटा र पक्षको चिरफार गर्ने त्रिपाठीजीको कलम निरन्तर चलिरहोस् ।
– प्राध्यापक डा. दिनेश शर्मा
इन्स्टिच्युट अफ इञ्जिनियरिङ