भुवन के.सी र अनमोलको ड्रिम्स लण्डनमा अाउँदै

भुवन के.सी र अनमोलको ड्रिम्स लण्डनमा अाउँदै


68db1d80bb4ad10544c9a7af1f58d765_Lलन्डन, नेपाली कलाकारहरुको लागि प्रवासमा बस्ने नेपालीहरुको भूमिका अहिले निकै बढ्दै गइरहेकोछ, चाहे त्यो गीतसंगीतको क्षेत्र होस् या त सिनेमा क्षेत्रकै किन नहोस् | अहिले नेपालीहरु बसोबास गर्दै आएका मुलुकहरु कलाकारहरुको लागि मुख्य केन्द्रविन्दु बन्दै आएकाछन् | भर्खरै मात्र नेपाली नयाँ वर्ष २०७३ को सिलसिलामा दर्जनौं नेपाली कलाकारहरु प्रवासी नेपालीहरुसँग रमाउनमा व्यस्त देखिन्थे | नयाँ वर्षकै कार्यक्रमको सिलसिलामा बेलायत आएका चर्चित गायक शिव परियारले त एउटा सानो बच्चालाइ बोक्दै आफू नेपालमै बाबाआमासँग बसे जस्तै महशुस गरेको बताएकाछन् | जसले गर्दा पनि नेपाली कलाकारहरुको विदेश तिरको मोह र प्रवासी नेपालीले नेपाली कलाकारलाई गर्ने मायाममताको बारेमा सहजै अनुमान लगाउन सकिन्छ |

“नमस्कार, म कलाकार भुवन के.सी.
आदरणीय यूके लण्डनमा बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी बा आमा सबैलाई मा कलाकार भुवन के.सी. को तर्फबाट हार्दिक नमस्कार | हामीले बनाएको ड्रिम्स चलचित्र नेपालमा सुपर डुपर हिट भएर अब तपाईंहरुको शहर लण्डनमा चाँडै हामी सपन इन्टरटेनमेन्टको निमंत्रनामा अाउँदैछौँ | आउँदो ८ मे मा एम्पायर ब्यांकेटिंग हल अल्डरसटमा चलचित्र ड्रिम्स लिएर अनमोल र म तपाईंहरुसँगै बसेर हामी सिनेमा हेर्नेछौं | १५ मे मा सफारी सिनेमा ह्यारोमा तपाईंहरु हामीसँगै बसेर सँगै सिनेमा हेर्नेछौं | चलचित्र ड्रिम्स हेर्नको लागि म कलाकार भुवन के.सी. हार्दिक निमन्त्रणा गर्दछु | थ्यांक यू भेरी मच “

9802_1172560966096198_5550133040603546358_n त्यस्तै गरी नेपाली चलचित्रहरु पनि प्राय विदेशतिर प्रिमियर शो गर्ने प्रचलन बढ्दै गएकोछ | हालै मात्र नेपालमा सफल प्रदर्शन भएको अभिनेता भुवन के.सी.द्वारा निर्देशित नेपाली चलचित्र ड्रिम्स लण्डनमा प्रदर्शन गरिने भएकोछ | बेलायत आउनको लागि भुवन के.सी. र उनका छोरा अर्थात् ड्रिम्सका नायक अनमोल के.सी.ले बेलायत आउनको लागि भीसा पाइसकेकाछन् | तर सो चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने आफ्नै कार्य व्यस्तताका कारण बेलायत आउन नपाउने भएकी छन् | उक्त चलचित्रलाई सपन इन्टरटेनमेन्ट लि. यूकेले बेलायतमा ल्याउन लागेको हो | सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपन कुमार राईका अनुसार आउँदो मे ८ तारिख आइतवारका दिन ड्रिम्सको पहिलो प्रदर्शनी अल्डरसटस्थित एम्पायर हलमा गरिनेछ भने मे १५ आइतवारका दिन सफारी सिनेमा ह्यारोमा दोस्रो प्रदर्शनी गरिनेछ | गत वर्ष फाल्गुन २१ मा रिलिज भएको चलचित्र ड्रिम्सले शुरुका केही दिनमा नै आफ्नो लगानी अशुल्न सफल भएको थियो | यस फिल्मको ट्रेलर सार्वजनिक भएको २४ घण्टाभित्रै १ लाख भन्दा बढीले हेरेका थिए | नायक अनमोल के.सी. का यस अघिका अन्य चलचित्रहरु होस्टेल र जेरीले पनि अत्यधिक सफलता प्राप्त गरिसकेकाछन् | चलचित्र ड्रिम्स हेर्नका लागि अभिनेता तथा निर्देशक भुवन के.सी. ले सम्पूर्ण बेलायतवासीहरुलाई निमंत्रना दिंदै तपाईं हामी सबै सँगै बसेर चलचित हेर्नेछौं भन्दै उपस्थितिका लागि अनुरोध गरेकाछन् |

यूके आइपुग्ने मिति तय नभए पनि चाँडै नै आउने तयारी भइरहेको आयोजकले बताएकाछन् |
drems
-नरेन्द्र बस्नेत