नौ वर्षमै यत्रो दायित्व

नौ वर्षमै यत्रो दायित्व


Reporter baby
२ अप्रिलका दिन पेन्सिलभेनिया (अमेरिका) निवासी नौ वर्षीया बालिका हिल्दे केट लिसियाकको घरनजिक एक व्यक्तिको हत्या भयो । घटनाको छानबिनका लागि स्थानीय प्रहरीले वरपरका सबै सडक बन्द गरेको थियो भने कुनै सञ्चारकर्मी त्यहाँ पुगेका थिएनन् । यस्तोमा घटनास्थल पुगी घटनाको विवरण सङ्कलन तथा भिडियोग्राफी लिन उनै फुच्ची केट एक्लै अग्रसर देखिइन् । घर फर्केर उनले सो हत्याकाण्डसम्बन्धी समाचार तयार पारिन् र आफ्नो सोसियल मिडिया पेज तथा वेबसाइडमा राखिन् । यसको जताततै चर्चा भयो । साँच्चै, सानी बालिका केट आफै अखबार पनि प्रकाशित गर्छिन् । सन् २०१४ देखि नै उनले आफै एडिटर एवम् पब्लिसर बनेर अरेन्ज स्ट्रिट न्युजपेपर र वेबसाइट सुरु गरेकी हुन् । कुनै घटनाको जानकारी पाउनेबित्तिकै क्यामेरा, पेन र डायरी बोकेर घटनास्थलतिर कुद्ने उनको आदत नै बनिसकेको छ । उमेरअनुरूपको काम नभएको भनी कमेन्ट गर्नेलाई उनी आफ्नो क्षमतामाथि शङ्का नगर्न आग्रह गर्छिन् ।