यी भिखारी कि व्यापारी ?

यी भिखारी कि व्यापारी ?


Bhikhari

भिखारीको अर्थ हुन्छ केही नभएको तन्नम्, जो अरूसँग मागेर गुजारा चलाउँछ । यस्ता व्यक्तिसँग साथमा सम्पत्ति नहुने धारणा समाजमा छ । तर, यस्तो धारणालाई चुनौती दिएका छन् दुबईका भिखारीले । त्यहाँको नगर प्रहरीले हालै नियन्त्रणमा लिएका भिखारीले प्रतिमहिना दुई लाख ७० हजार दिराम (करिब ८० लाख रुपैयाँ) सम्म कमाउने गरेको पाइयो । पछिल्लो तीन महिनामा प्रहरी–नियन्त्रणमा परेका करिब साठी भिखारीमध्ये अधिकांशको मासिक कमाई निकै मोटो नै रहेको स्थानीय नगर प्रहरीको भनाइ छ । यस्ता भिखारी अधिकांशतया तीनमहिने भिसा लिएर दुबई प्रवेश गर्ने र भीख माग्ने धन्दा सुरु गर्ने गर्छन् । कैयन भिखारीसँग बिजनेस र टुरिस्ट भिसासमेतको पासपोर्ट रहेको खुलासा भएको छ । ठुल्ठूला व्यवसायीले समेत आर्जन गर्न नसक्ने कमाइ मागेकै भरमा गर्ने यिनलाई अब भिखारी भन्ने कि व्यापारी ?!