पुष्ट शरीरमा मख्ख मोडल

पुष्ट शरीरमा मख्ख मोडल


Rusi Model 3
हुन त हरेक मोडल युवतीसँग आफ्नो मौलिक शारीरिक सौन्दर्य र प्रतिभा रहेको हुन्छ । तथापि, कतिपय मोडलको आकर्षण र ख्याति विश्वव्यापी हुन पुग्छ । यस्तैमध्येकी एक हुन् रुसी मोडल अनिस्तासिया क्वित्को । आफ्नो विशेष प्रकारको बडी सेप र शैलीका कारण उनी यतिबेला विश्वव्यापी रूपमै चर्चा बटुलिरहेकी छिन् । इन्स्टग्राममा २५ लाखभन्दा बढी मानिसद्वारा पछ्याइएकी अनिस्तासियाको तुलना अमेरिकी मोडल किम कार्दशियनसँग गर्न थालिएको छ । किमसँग आफ्नो तुलना भएकोमा मख्ख पर्ने अनिस्तासिया आफू किमभन्दा पनि विशेष रहेको दाबी गर्न पछि पर्दिनन् । किमको शारीरिक बनावटमा प्लास्टिक सर्जरीले भूमिका खेलेको तर आफ्नो शरीर पूरै प्राकृतिक रहेको उनको कथन छ । ३७.४ इञ्चको छाती, कम्मर २४.८ इन्च र ४१.३ इन्चको हिप्सकी धनी २१ वर्षीया अनिस्तासियालाई आज विश्वका कैयन नामी मोडलिङ कम्पनीले अफर गरे पनि विगत भने उनका लागि त्यति सुखद थिएन । सुरुमा ‘मोटो शरीर घटाएर आऊ’ भन्नेहरूले नै यतिबेला उनको विशेष शारीरिक ढाँचाको जोडदार प्रशंसा गर्ने गरेका छन् ।