शव जोगाउन यत्रो खर्च

शव जोगाउन यत्रो खर्च


lenin

सोभियत सङ्घ टुक्रा–टुक्रामा विभाजित भएदेखि नै अधिकांश रुसी जनताले लेनिनको शव गाड्नुपर्ने माग गर्दै आएका छन्, तर रुसका कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको लास संरक्षणका लागि यस वर्ष रुसी सरकारले दुई लाख डलर खर्च गर्ने भएको छ । लेनिनको शवलाई सन् १९२४ मा पहिलोपटक जनप्रदर्शनका लागि मस्कोको रेड स्क्वायरमा राखेदेखि नै त्यसको स्याहार–सम्भार गर्दै आएको रुसी बायोमेडिकल टेक्नोलोजी रिसर्च एन्ड ट्रेनिङ सेन्टरले नै लेनिनको शवलाई जीवितसमान स्थितिमा राख्ने जिम्मेवारी पाएको छ । एउटा शवको संरक्षणको निम्ति यति ठूलो रकम खर्च गर्न लागेकोमा सोसियल मिडियामा रुसी सरकारको व्यापक आलोचना भएको छ । मानिसहरूले ‘कम्युनिस्टहरू ठान्दाहुन् कि बोल्सेभिक नेताको क्लोन तयार गरेर एकदिन आफूहरू पुन: सत्तामा पुग्न सकिने छ’ भन्ने प्रकारका अनेकौँ व्यङ्ग्यात्मक कमेन्ट गर्दै लेनिनको शव दुरुस्त राख्न गरिएको खर्चप्रति विरोध जनाएका छन् ।