जापानले गुडाउने भयो अदृश्य रेल

जापानले गुडाउने भयो अदृश्य रेल


Japan Train
जापानमा मानिसले छिट्टै ‘अदृश्य रेल’ देख्न पाउने भएका छन् । काजुयो सेजिमा नामक त्यहाँको एक प्रसिद्ध आर्किटेक्ट कम्पनी ‘इन्भिजबल ट्रेन’ (नदेखिने रेल) निर्माणमा जोडतोडले लागिपरेको छ । झट्ट हेर्दा प्राकृतिक दृश्यजस्तै लाग्ने घर निर्माण गरेर चर्चामा आएको सो कम्पनीले निर्माण गर्दै गरेको उक्त रेल गहिरिएर हेरेपछि मात्र देखिने हुनाले यसलाई अदृश्य उपमा दिइएको हो । यस रेलमा सुविधाजनक घरकै कोठामा बसेजस्तो आराम अनुभूति गर्न सकिने र एकपटक यसमा सवार हुने यात्रु पटक–पटक यात्रा गर्न लालायित हुने दाबी गरिएको छ । अनुपम होटेलहरूका साथै रेल निर्माणमा ख्याति कमाएको सुविख्यात कम्पनी सिइएबुको तर्फबाट उक्त रेल निर्माण भइरहेको र यसले आगामी दुई वर्ष अर्थात् सन् २०१८ सम्ममा यात्रुलाई सेवा प्रदान गर्न सुरु गर्नेछ ।