ऋचाले भेटिन् सपनाको राजकुमार

ऋचाले भेटिन् सपनाको राजकुमार


reecha-sharma
विनय श्रेष्ठसँगको सम्बन्ध टुटेपछि एक्लो भएकी नायिका ऋचा शर्माले फेरि सपनाको राजकुमार भेटको खुलासा गरेकी छिन् । फिल्म क्षेत्रभन्दा परको व्यक्तिसँग केही कुराकानी भएको बताएकी ऋचाले सम्भव त आफ्नो जीवनासाथी उही नै हुनसक्ने सङ्केत गरेकी छिन्् । तर, उनी आफैँ ढुक्क भने छैनन् । एकपटक कसैसँग रिलेशनमा रहिसकेक कारण पनि ऋचा झट्टै कुनै पुरुषलाई विश्वास गरिहाल्ने अवस्थामा छैनन् । एउटाले धोका दियो भन्दैमा सबै पुरुष धोकेबाज हुन्छन्् भन्ने मान्यताचाहिँ ऋचाले त्यागेकै राम्रो । किनकि यो समाज त्यति रुष्ट र निरस छैनन् । ऋचाजस्ती राम्रीलाई साथ दिन चाहनेहरू पक्कै छन् यो सहरमा ।