ओसामा विन लादेनको मृत्यु

ओसामा विन लादेनको मृत्यु


लण्डन । संसारको सबैभन्दा ज्यादा खोजिएको मोस्ट वान्टेड म्यान ओसामा विन लादेन जसको संसारभरका विभिन्न देशहरुमा अतिवादी मुस्लिमहरु भक्तको रुपमा लागेका छन्, जसको एक आदेशलाई पालना गर्न ज्यानको पनि पर्वाह नगर्ने व्यक्तिहरु संसारभरमा छन्, जसको आदेशमा, न्युयोर्क अनि लण्डनमा हमला गरी हजारौं निरपराध मानिसहरुको हत्या गरिएको थियो,लाई पाकिस्तानको राजधानीभन्दा पचास माइल पर रहेको एक अबोटाबादको आर्मी बेस क्याम्पको नजिकै रहेको एक दुर्इ तले घरमा, अमेरिकन सानो टोलीबाट गरिएको हमलाबाट मृत्यु भएको छ । भर्खरै, अमेरिकी राष्ट्रपति ओवामाले राष्ट्रिय टीभीमा विन लादेनको मृत शरीर कब्जामा लिएको पुष्टि गरेका छन् ।
आम मानिसहरुबीच एक ढुक्कको अनुभूति लिन थालिएको भनिए तापनि अतिवादीहरुबाट हमलाहरु हुन सक्ने आकांक्षा पनि गरिएको छ । पाकिस्तानी भूमिमा अमेरिकी सुरक्षा दलले आक्रमण गरी विन लादेनलाई मार्न सफल भएकोलाई हुन त पाकिस्तानी राष्ट्रपति जर्दारीको अनुमोदनमा भएको भनिए तापनि यसले सोही देशभित्र नै पाकिस्तानको सार्वभौमिकताउपर प्रश्नचिन्ह लागेको बताउँदै राष्ट्रपति जर्दारीविरुद्ध आन्दोलन हुनसक्ने पनि ठानिएको छ ।
न्युयोर्कमा विन लादेनको मृत्युको खुशीयालीमा पार्टीहरुको आयोजना गरिन थालिएको छ भने, पछिल्लोपटक, आफ्नो जन्मस्थानप्रति लगाइएको आरोपलगायत धनी र गरीवबीचको खाडल आफ्नो कार्यकालमा अझ चाक्लिएको तथ्यलाई साम्य पार्न असफल रहेको ओवामा सरकारलाई केही भए पनि आफ्नो कार्यकाललाई चम्क्याउने एक तुरुपको रुपमा विन लादेनको मृत्यु हात परेको छ र यसलाई २०१२ को निर्वाचनमा निर्धक्कसँग खेल्ने पक्का छ ।
-नीर, मेस