बिस्तारै चलोस् यो जिन्दगी

बिस्तारै चलोस् यो जिन्दगी


बिस्तारै चलोस् यो जिन्दगी

Shobhakar Parajuli

– शोभाकर पराजुली

केही ऋण चुक्ता गर्न बाँकी छ
थोरै कर्तव्य निभाउन बाँकी छ
कसैको दु:ख मेटाउन बाँकी छ
बिस्तारै नै चलोस् यो जिन्दगी ।

केहीलाई भेट्न बाँकी छ
कसैको गुन तिर्न पनि बाँकी छ
अँ, उसको भलो गर्नै बाँकी छ
बिस्तारै चलोस् यो जिन्दगी ।

अलिकति कुरा भन्न बाँकी छ
एउटा रहस्य उत्खनन गर्न बाँकी छ
आफ्नो अधिकार लिन पनि बाँकी छ
बिस्तारै बिस्तारै चलोस् यो जिन्दगी ।

गरिबको पहुँचमा पनि छ ‘राजनीति’–
जोड–जोडले यो पनि भन्न बाँकी छ
राजनीति पैसावालाको मात्र होइन
चिच्याई–चिच्याई बताउन बाँकी छ
शुभेच्छुकहरूसँग रमाउन बाँकी छ
अझै बिस्तारै चलोस् मेरो यो जिन्दगी ।