गिनिज बुकमा दर्ता भए ‘गोल्डन म्यान’

गिनिज बुकमा दर्ता भए ‘गोल्डन म्यान’


Pankaj 1

स्कुल पढ्दादेखि नै सुनका गहना भनेपछि भुतुक्कै हुने भारतका पंकज फारखले अन्तत: सुनको सर्ट पहिरिने विश्वकै एक मात्र व्यक्तिका रूपमा आधिकारिक पहिचान पाएका छन् । ‘गोल्डन म्यान’को विशेषणबाट परिचित महाराष्ट्रका व्यवसायी एवम् राजनीतिकर्मी पंकजलाई उनको दुई करोड ८० लाख मूल्यको सुनबाट निर्मित सर्टका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले हालै आधिकारिकता प्रदान गरेको छ । नासिक जिल्लास्थित ययोला सहरका उपमेयरसमेत रहेका पंकजले पहिरिने सुनको उक्त सर्टको तौल ४.१० किलोग्राम छ भने सुनकै घडी, सुनका मोटा सिक्रीहरू, विभिन्न मोडलका सुनका औँठी, सुनकै फ्रेमयुक्त चस्मा पहिरिएर सुनबाटै बनेको विशेष मोबाइलसहित बजारमा निस्कँदा ४७ वर्षीय पंकजको साथमा लाइसेन्सप्राप्त रिभल्वर र केही सुरक्षाकर्मी हरदम रहन्छन्, ताकि शरीरमा पहिरिएको करोडौँको सुनका कारण कतै ज्यानमाथि नै घात नहोस् !

Pankaj 2