पेट चिर्नेलाई सय वर्षको कैद

पेट चिर्नेलाई सय वर्षको कैद


100 साल कैद

अमेरिकामा एक महिलालाई सय वर्षको कैद सजाय सुनाइएको सन्दर्भ यतिबेला निकै चर्चामा छ । एउटी गर्भवती महिलाको पेट चिरेर बच्चा निकालेको अपराध गरी गर्भ खत्तम तुल्याउनुका साथै गर्भवतीको ज्यान नै लिने प्रयास गरिएको अभियोग लगाएर डेनियल लेन नामकी महिलालाई यति ठूलो सजाय दिइएको हो । यस्तो मुद्दामा यो सजाय अहिलेसम्मकै ठूलो मानिएको छ । पीडित महिला मिसेल विलकिन्सलाई गत वर्ष मार्चमा डेनियलले प्रलोभन दिएर आफ्नो घर बोलाएकी रहिछन् । घर आएकी पाहुनालाई घात लगाएर चक्कु प्रहार गरी बेहोस तुल्याएपछि उनले मिसेलको पेट चिरेर सात महिनाको बालक बाहिर निकालेकी थिइन् । सातमहिने बालक समयअगावै धर्तीमा आएपछि चिच्याएर रोएको थियो, तर केहीबेरमै शिशुको मृत्यु भएको अदालती बयानमा डेनियलका पतिले बताएका छन् । यसरी जघन्य अपराध हुँदा पनि डेनियलको ज्यान जोगिनुलाई सम्बन्धित चिकित्सकले चामत्कारिक मानेका छन् ।