ह्युस्टनसँग लादेन भुतुक्कै

ह्युस्टनसँग लादेन भुतुक्कै


Laden love

संसारकै सबभन्दा खतर्नाक आतङ्कवादी कहलिएका बिन लादेन कसैको प्रेममा पागलसरह थिए भन्दा आश्चर्य लाग्न सक्छ, तर यो यथार्थ रहेको खुलासा भएको छ । सुडानकी कवयित्री तथा उपन्यासकार कोला बुफले आफ्नो आत्मकथा ‘डायरी अफ द लास्ट गर्ल’मा यसको खुलासा गरेकी छिन् । उनका अनुसार लादेन अमेरिकामा रहँदै आएकी एक्ट्रेस ह्विट्नी ह्युस्टनप्रति अत्यन्तै आशक्त थिए । एक दशक पहिले करिब चार महिनाजति ह्युस्टन लादेनकी यौनदासीसमेत बनेर रहेकी बुफको कथन छ । पुस्तकमा उनले उल्लेख गरेकी छिन् कि लादेन हरदम ह्विट्नीकै कुरा गर्न रुचाउँथे र उनको सुन्दरताको बखान गर्नु लादेनको आदत नै बनिसकेको थियो । खासगरी ह्विट्नीको मुस्कुराहटप्रति लादेन भुतुक्कै थिए र उनीसँग भेट गर्नका लागि जे गर्न पनि तयार रहन्थे । आफूसँग लादेनले निकै रकम खर्च गरेर आफू अमेरिका जाने र सुपरस्टार ह्युस्टनलाई भेट्ने कुरा गरेको जनाउँदै बुफले ह्युस्टन एक सच्चा मुसलमान रहेकी, तर अमेरिकी संस्कृतिले उनको ब्रेनवास गरिदिएको तर्क गर्ने गरेको दाबीसमेत गरेकी छिन् ।