चिहानबाट गीत गुञ्जिएपछि

चिहानबाट गीत गुञ्जिएपछि


Chihan

त्यसो त मरेको मानिस फेरि ज्युँदो बनेर फर्कन सक्दैन, यो कटु सत्य हो । तर, भारत उत्तरप्रदेशस्थित मेरठको जलालपुर गाउँमा दुई महिनाअघि मृत्यु भएको एक युवकको चिहानबाट ‘म ज्युँदै छु, मलाई निकाल’ भन्ने आवाज निस्कन थालेपछि सम्बन्धित परिवार तथा समस्त गाउँले हैरान भएका छन् । यति मात्र होइन, गीत गाउने सोख पालेका इरफानको चिहानबाट साँझ–बिहान विभिन्न गाना गुन्गुनाएको पनि सुनिन्छ । ३२ वर्षीय इरफान हृष्टपुष्ट युवक थिए, तर अचानक रगत छाद्ने व्यथा लागेर उनको दुई महिनाअघि मृत्यु भएको थियो । लगातार चिहानबाट गीत गुन्गुनाएको र आफू ज्यँुदै रहेको आवाज निस्कन थालेपछि आश्चर्यचकित बनेका जलालपुरवासी यतिबेला कुन अनिष्ट हुन लाग्यो भनेर त्रस्त पनि छन् । इरफानका बाबु सबिरुद्दीनले मृत छोराको चिहान खनेर जाँच गरियोस् भनी मेरठ प्रशासनमा निवेदन पनि दिएका छन् । उनको उजुरीमाथि प्रशासनले गम्भीरताका साथ कारबाही अघि बढाएको छ ।